१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १९:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामबहादुर बमजन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:३४:oo

आफूलाई धर्मगुरु बताउने रामबहादुर (रामलाल) बमजन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। 

तपस्वीको भेषमा अनुयायीको हत्या, बेपत्ता तथा आफ्नै आश्रमकी आनीमाथि बलात्कारजस्ता गम्भीर अभियोगमा प्रहरीले उनलाई खोजी रहेको थियो। उनी लामो समयदेखि फरार रहँदै आएका थिए।  

बाराको हलखोरिया जंगलमा लामो समयसम्म तपस्या गरेर चर्चा कमाएका बमजनविरुद्ध २३ फागुन ०७६ मा जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि प्रहरीले तीनपटकसम्म उनी बस्दै आएको भनिएको सिन्धुलीस्थित आश्रममा छापा हाने पनि उनी फेला परेका थिएनन्। 
 

ad
ad