१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २४ मंगलबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयको आइटी कक्ष तोडफोड गरी साढे ११ लाखको कम्प्युटर चोरी

Read Time : < 1 मिनेट
२०८० पौष २४ मंगलबार १६:२९:००

ताप्लेजुङको मैवाखोला गाउँपालिका- ५ फाकुम्बास्थित पार्टीडाँडा माध्यमिक विद्यालयको आइटी एकेडेमी कक्ष फोडेर दर्जनभन्दा बढी ल्यापटप र कम्प्युटर चोरी भएको छ।

विद्यालयका शिक्षक शान्ता आङबुहाङका अनुसार गएराति आइटी एकेडेमी फोडेर कम्प्युटर ल्याबबाट १२ वटा ल्यापटप, चारवटा डेस्कटपसहितका उपकरण चोरी भएको हो।

चोरी भएपछि आइटी एकेडेमी कक्ष रित्तो भएको विद्यालयले जनाएको छ। शिक्षक आङबुहाङका अनुसार झन्डै साढे ११ लाखको सामग्री एकसाथ चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।

चोरी भएका अन्य सामानको विवरणसमेत संकलन भइरहेकाले चोरीबाट भएको क्षति रकम बढ्न सक्ने उनले जानकारी दिए।  ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा सो विद्यालयमा आइटी एकेडेमी कक्ष स्थापना भएको थियो।