१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २३ आइतबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

मकालु गाउँपालिकाद्वारा २० विश्वकीर्तिमानीसहित १३२ जनालाई सम्मान

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:४९:oo

संखुवासभाको मकालु गाउँपालिकाले पालिकाभित्रका २० कीर्तिमानीसहित एक सय ३२ जनालाई सम्मान गरेको छ।

नेपाल तथा अन्य मुलुकमा रहेका हिमाल आरोहणका क्रममा कीर्तिमान बनाएका २० जना तथा मकालुको विकास र समृद्धिमा सहयोग पुर्‍याएका संस्था तथा व्यक्तिलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जीले बताए।

गाउँपालिकाद्वारा आयोजित ‘संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन तथा विशेष सम्मान कार्यक्रम एवं अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता’को अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।

पालिकाले एक विदेशी संस्था (एसोसिएसन मनी पर आइएल नेपाल), सो संस्थामा आबद्ध दुई स्विस नागरिक, प्लान फर नेपाल संस्था र सो संस्थामा आबद्ध चारजना, पूर्वजनप्रतिनिधि २८ जना, महिला स्वास्थ्य स्वयंसेविका ३७ जना, कर्मचारी एकजना र कृषक तीनजनालाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत दर्जीले जानकारी दिए।

मकालु गाउँपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, झोलुंगे पुल, साना जलविद्युत् तथा पूर्वाधार निर्माण र जनताका आय–आर्जनमा कृषि र पशुपालनलाई व्यावसायिक बनाउन उत्प्रेरित गर्न अतुलनीय योगदान गरेको भन्दै प्लान फर नेपाल र एसोसिएसन मनी पर आइएल नेपाल संस्थालाई सम्मान गरिएको हो। सो संस्थाले गाउँपालिका क्षेत्रभित्र सुधारिएको चुलो दुई हजार चार सय, गाई दुई सय ३० र ६ ओटा झोलुंगे पुल निर्माण गरेको थियो।

कार्यक्रमको समापन समारोहमा पूर्वराज्यमन्त्री तथा संघीय सांसद दीपक खड्काले कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको ठेक्का तोडेर भारतीय कम्पनी सतलजलाई दिने निर्णय भइसकेको बताए । सतलजले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको र सडकसमेत सोही बजेटमा काम गर्ने प्रक्रिया अगाडि बढेको केही काम बाँकी रहेको बताए।

उक्त कार्यक्रममा विभिन्न जातजातिको झाँकीसमेत प्रस्तुत गरिएको थियो। मकालु गाउँपालिकाको आयोजनामा पुस १६ गतेदेखि आइतबारसम्म कार्यक्रम सञ्चालन भएको थियो।

ad
ad