Skip This
चिसो बढेपछि सिराहाको लक्ष्मीपुर पतारीका विद्यालय बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २८ शुक्रबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

चिसो बढेपछि सिराहाको लक्ष्मीपुर पतारीका विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:o६:oo

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले बढ्दो चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै एक हप्ता जाडो बिदा दिएको छ। 

गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाएका छन्। गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन–अध्यापन प्रभावित हुने भएकाले बर्खे बिदाबाट कट्टा हुने गरी मंगलबारदेखि २ माघसम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ। 

पछिल्लो केही दिनयता बाक्लो हुस्सु र कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ। बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो। मंगलबार बिहान १० बजेतिर लहान क्षेत्रको अधिकतम तापक्रम १६ डिग्री सेन्टिग्रेट छ। 


 

ad
ad