१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लागुऔषध कारोबारी छपालीलाई दुई वर्ष कैद, गाडी तथा जग्गा पनि जफत हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५७:oo

लागुऔषध कारोबारी देवेन्द्रविक्रम छपालीसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले सजाय निर्धारण गरेको छ। सोमबार विशेष अदालतले उनलाई दुई वर्ष कैद सजाय सुनाएको छ भने बिगो र जरिवाना तिराउने फैसला गरेको छ। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गत १६ गते कसुर कायम गरेको थियो। तीन वर्षअघि दायर मुद्दामाथि सोमबार सोही इजलासले सजायसमेत निर्धारण गरेको हो।

उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार अदालतले ७४ लाख ५९ हजार रुपैयाँ बिगो निर्धारण गरेको छ। बिगोको दोब्बर रकम अर्थात् एक करोड ४९ लाख रुपैयाँभन्दा बढी रकम छपालीले जरिवानास्वरूप तिर्नुपर्नेछ।

फैसलाअनुसार छपालीको बैंकखातामा भेटिएको ६४ लाख ६६ हजार रुपैयाँभन्दा बढी रकम जफत हुने भएको छ। यसैगरी, उनको नाममा भेटिएको गाडी र जग्गा पनि जफत हुने फैसलामा उल्लेख छ।

छपाली र उनका साथीहरू पटकपटक लागुऔषध कारोबारमा पक्राउ परेका थिए भने सजायसमेत काटेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ८ असोज ०७७ मा उनीसमेत सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो।

छपालीले सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भए पनि अन्य प्रतिवादीले सफाइ पाएका छन् । चन्द्रा रोका, गोविन्दकुमार रोका छन्त्याल, नागेन्द्र थापामगर, मनजित घर्तीमगर, इन्द्रबहादुर थिङ र जम्बा भोटेले सफाइ पाएका हुन्।

काठमाडौंको सीतापाइलाका छपालीले लागुऔषधबाट एक करोड रुपैयाँभन्दा बढी आर्जन गरेको अभियोगमा मुद्दा चलेको थियो। छपाली ०३२ सालदेखि नै लागुऔषध कारोबारमा संलग्न थिए। 
 

ad
ad