१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चौधरीको नेतृत्वमा नाडाको नयाँ कार्यसमिति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२२:oo

करण चौधरीको अध्यक्षतामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको केन्द्रीय कार्यसमिति गठन भएको छ । नाडाको ४७औँ वार्षिक साधारणसभाले चौधरीसहित १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । 

नवनिर्वाचित चौधरी मारुती सुजुकी गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पका प्रबन्ध निर्देशक हुन् । नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा आइतबार बसेकोे नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधन गरी विधान २०८० बमोजिम पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्वाचित गरेको जनाइएको छ । जसअनुसार निवर्तमान अध्यक्ष डा. धुव्र थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको उल्लेख छ ।

 साधारण सभाले बरिष्ठ उपाध्यक्ष आगामी कार्यसमितिमा स्वतः अध्यक्ष हुन पाउने गरी नाडाको विधान साधारणसभाले संशोधन गरेको छ । नाडाको वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको संशोधित विधान जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेपछि पूर्णता पाउनेछ । संशोधित विधानअनुसार अर्को कार्यसमितिमा आकाश गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने अरू पदहरूमा निर्वाचन हुनेछ । गोल्छा फोर्ड मोटर्सको नेपालका लागि अधिकारिक विक्रेता हुन् । 

बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको जनाइएको छ । त्यस्तै, संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको नाडाले जनाएको छ । 

बैठकले केन्द्रीय कार्यसमितिको सदस्यमा सुनील रिजाल, प्रकाश कपुरी, कपिल सिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको उल्लेख छ । नाडाको विधानबमोजिम नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरेको जनाइएको छ । 

सुरुमा नाडाको अध्यक्षमा चौधरी, गोल्छासहित सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए । पछि श्रेष्ठले अध्यक्षमा चौधरीलाई समर्थन गर्दै आफु पछाडि हटेपछि सर्वसम्मत नेतृत्व चयनको पहल थालिएको थियो । गम्भीर संकटको समयमा सबै अटो व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्ने महशुस गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि पहलकदमी गरेको निवर्तमान अध्यक्षको भनाई थियो । जसअनुसार विधान संशोधन गरेर गोल्छालाई अर्को कार्यकालयमा स्वतः अध्यक्ष हुन पाउने गरी बरिष्ठ उपाध्यक्ष बनाउने शर्तमा दुई पक्षबीच सहमति जुटेको थियो । 
 

ad
ad