१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लामो रस्काकस्सीपछि कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३१:oo

नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ । गुटको किचलोका कारण सत्तागठबन्धनको ठूलो दल कांग्रेसलाई  उम्मेदवार छान्न सकस भएको थियो।

पार्टी पदाधिकारीहरू राति २ बजेसम्म सानेपास्थित कार्यालयमा छलफलमै थिए ।  राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै छ । गठबन्धनबाट कांग्रेसको भागमा १० सिट परेको छ । तर, आइतबार दिनभरजसो आन्तरिक छलफल भए पनि संस्थापन र इतर समूहबीच भागबन्डा मिल्न सकेको थिएन ।

सोमबार बिहानपख सहमति जुटेपछि उम्मेदवारको टुंगो लागेको हो । कांग्रेसले कोसी प्रदेशबाट कृष्णप्रसाद सिटौलाई, मधेशबाट आनन्दप्रसाद ढुंगानालाई, बागमतीबाट जितजंग बस्नेत र विष्णुदेवी पुडासैनीलाई, गण्डकीबाट किरणबहादुर श्रेष्ठ र पदमबहादुर परियारलाई, लुम्बिनीबाट विष्णुकुमारी सापकोटालाई, कर्णालीबाट कृष्णबहादुर रोकायालाई र सुदूरपश्चिमबाट बलदेव बोहोरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


 

ad
ad