१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बुटवलमा सार्वजनिक क्षेत्रका घरटहरा हटाउने अभियान सुरु, पार्क र चौतारी निर्माण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:१o:oo

बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको छ। सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ।

अभियानअन्तर्गत आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगन्ज रोडको एउटा टहरा भत्काइएको छ।

सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक-पटक पत्राचार गरे पनि स्वतःस्फुर्त टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकका स्थानमा उजिरसिंह फल्चा र रामापिथेकस पार्क निर्माण गरिनेछ।

यस्तै, नेपालगन्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरू हटाउन उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको वडाध्यक्ष श्रेष्ठले बताए। 

यस्तै, वडा नम्बर ६ र अरू वडामा पनि सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान उपमहानगरपालिकाले सञ्चालन गरेको छ।

बुटवललाई उपयुक्त विश्रामस्थलका रूपमा विकास गर्नका लागि पर्यटकीय स्थल, पार्क, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगरप्रमुख खेलराज पाण्डेयले बताए।

उनका अनुसार चालू आर्थिक वर्षमा केही स्थानमा मोडेलका रूपमा केही चौतारीहरू निर्माण गरिने र आगामी आर्थिक वर्षमा बुटवलका सबैजसो वडामा पार्क र चौतारी निर्माण गरिनेछ।

ad
ad