१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा सामूहिक व्यायाम कार्यक्रम गर्दै खेलकुद विकास समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:३१:oo

‘आऔँ खेलौँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ पोखरामा सामूहिक व्यायाम कार्यक्रम हुने भएको छ।

खेलकुद विकास समिति पोखराले आउँदो शनिबारदेखि साताको एक दिन सामूहिक व्यायाम कार्यक्रम गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

२१ पुसदेखि प्रत्येक साताको शनिबार बिहान ६ः३० देखि ८ः३० बजेसम्म सामूहिक व्यायाम कार्यक्रम सुरु गर्न लागेको समितिका अध्यक्ष विष्णुकुमार गुरुङले जानकारी दिए। कार्यक्रममा जुनसुकै उमेर समूहका व्यक्ति पनि सहभागी हुन पाउने र यसका लागि हाल दुईजना जुम्बाविज्ञ र एक योगा प्रशिक्षकको व्यवस्था गरिएको जानकारी दिए।

सहभागीहरूलाई प्रशिक्षकहरूले विभिन्न व्यायामहरू सिकाउनेछन्। हाललाई तीनदेखि पाँच सयको हाराहारीमा सहभागी हुने अपेक्षा रहेको र कार्यक्रमलाई पहिलो चरणमा ६ महिना सञ्चालन गरिने गुरुङले जानकारी दिए। त्यसको प्रतिफल हेरी आवश्यक सुधार गरी निरन्तरता दिइने बताइएको छ।

व्यायाम कार्यक्रम पोखरा– १ स्थित राष्ट्रिय माविको प्रांगण टुँडिखेलमा हुनेछ। पोखरा– १ का वडाध्यक्ष साहारा प्रधानले वडामा रहेका विद्यालय, विभिन्न संघ, संस्था, उद्योगी व्यवसायीहरूको सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।

शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैलाउने तथा वडावासीको स्वास्थ्य स्थितिमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रधानको भनाइ थियो। खानपिनसँगै अन्य कारणले मानव स्वास्थ्यमा दिनानुदिन चुनाैती थपिँदै गएको अवस्थामा कार्यक्रमले शरीर स्वस्थ राख्ने कुराको जनचेतना जगाउन सहयोग गर्ने उनको दाबी छ।

ad
ad