१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल उड, फर्निचर तथा होम डेकोर प्रदर्शनी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५९:oo

शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा फर्निचर, प्लाइउड, लेमिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्न लागेको हो । 

यसअघि आठपटक यो प्रदर्शनी भइसकेको र यो नवौँ संस्करण २२ पुसमा सकिने आयोजकको भनाइ छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका एक सयभन्दा बढी स्टल रहने जनाइएको छ । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, लेमिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र विक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नया प्रविधिका बारेमा जानकारी गराउनका लागि प्रदर्शनी कोसेढुंगा साबित हुँदै आएको कम्पनीको दाबी छ । प्रदर्शनीमा फर्निचर, प्लाइउड, लेमिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।

प्रदर्शनीलाई आयोजकले संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डले प्रयोग गरेका वस्तु तथा प्रविधिलाई स्वदेशी उद्योगमा प्रयोग गराउने पहलका रूपमा लिएको बताएका छन् । यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकको दाबी छ ।

प्रदर्शनीको सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपलिज आर्किटेक्ट, इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल, सामुदायिक वन उपभोक्त महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाइउड उत्पादक संघ रहेको उल्लेख छ । 

ad
ad