१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्र निर्माणका लागि ठूलो होइन, असल मान्छे चाहिन्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:o५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र निर्माणका लागि ठूलो मान्छे नभएर असल मान्छेहरू जरुरी रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित १६औँ राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

प्रधानमन्त्रीले भने, ‘समाजका लागि ठूलो मान्छे होइन, असल मान्छे चाहिन्छ। तपाईंहरूका सिर्जना, कला र सीपबाट बनेको पूर्वाधार संरचना मानव जीवनाेपयोगी र अनुपम हुनुपर्दछ। तर, द्रुततर विकास निर्माणबाट प्राकृतिक वातावरणमा प्रतिकूल असर पनि परिरहेको छ। नेपालको पर्यावरणमा यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको छ।’

‘विद्यमान अवस्थामा ठूलो पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा छ। विकास निर्माण गर्नु भनेको लामो, तर जटिल प्रक्रिया हो,’ प्रधानमन्त्रीले भने, ‘यसले सामान्य रूपमा गति लिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ, अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समयसीमाभित्र सम्पन्न हुन नसकेको विकास आयोजनाहरूमा लागत बढ्दै जाँदा राज्यलाई थप आर्थिक भार पर्न गएको विद्यमान अवस्था रहेको हामीले अनूभूति गरेका छौँ।’

उनले अब्बल व्यवस्थापकीय ढंगबाट आफ्नो ज्ञान र सीपको सदुपयोगद्वारा भौतिक पूर्वाधार निर्माणको गतिलाई तीव्रताका साथ अगाडि बढाउँदै समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुसी ल्याउन सकिने बताए। 

‘विकास र इन्जिनियर एक–आपसका परिपूरक हुन्। देश विकासको गतिलाई द्रुत रूपमा अगाडि बढाउन इन्जिनियर समुदायकोे भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेन्डाले सार्थकता पाउनेछ,’ प्रधानमन्त्रीले भने। 

ad
ad