१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फेसन : पृथक् देखिन बुटिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:३o:oo

बुटिकमा मानिसहरूको फेसन सेन्सलाई ध्यानमा राखेर विशेष डिजाइन तयार गरिन्छ । त्यसैले फेसन कन्ससको रोजाइमा बुटिक पर्ने गर्छ । बुटिकमा सबैका डिजाइनरले पहिले ग्राहकलाई मनपर्ने डिजाइनबारे बुझ्छन् । त्यसपछि उनीहरूकै रोजाइअनुसार आफ्नो सिर्जना प्रयोग गरेर कपडा बनाउँछन् । डिजाइनबारे अलमलमा परेका ग्राहकलाई बुटिकमा डिजाइनरले सुुझाव पनि दिन्छन् । 

हाइट, मोटाइ, शारीरिक डिजाइन, रुचि सबै हेरेर कपडा तयार गर्छन् । जसकारण, यस्ता कपडा निकै सिर्जनात्मक र पृथक् देखिन्छन् । 

बुटिकमा संख्याभन्दा पनि गुणस्तरलाई ज्यादा महत्व दिइन्छ । बुटिकमा कपडा बनाउँदा धेरै खर्च हुन्छ भन्ने भ्रम पनि कतिपयमा छ, तर त्यस्तो होइन । मिडियम रेन्जका कपडा पनि बुटिकमा बन्छन् । डिजाइन र त्यसमा लाग्ने मिहिनेत हेरेर फरक–फरक मूल्य पर्ने गरेको छ । ग्राहकको चाहना हेरेर मिडियम र हाई रेन्जका डिजाइन बन्छन् । 

कलर कम्बिनेसन मिलाएर लगाउँदा साधारण कपडामा पनि मानिसलाई स्टाइलिस देखिन्छ । महँगो लगाउँदैमा राम्रो देखिन्छ भन्ने होइन । ठिक्क रेन्जका डिजाइन पनि बुटिकमा पाइन्छन् । कलर कम्बिनेसन र फिनिसिङले ठिक्क रेन्जको कपडामा पनि मानिसलाई स्मार्ट देखाउँछ ।

ad
ad