१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कृषिमन्त्री भुसालद्वारा दुग्ध वितरण आयोजना बालाजुको छड्के अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३८:oo

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन्।

लामो समयदेखि किसानले दूधको भुक्तानी नपाइरहेको वेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन्।

मन्त्री भुसाल, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको छ। जसमा जुनियर टेक्निसियन असिस्टेन्ट विजयकुमार यादव बिहीबारसम्म बिदामा बसेर हाजिरी गरेको पाइएको छ।

यस्तै, आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको पाइएको छ।

केही महिनाअघि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ।

आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजना प्रमुख गणेशकुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन्। आयोजनामा देखिएका बेथितिलाई अनुगमन टोलीले टिपोट गरी ल्याएको छ। आवश्यक अध्ययनपश्चात् आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ।

दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ। संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन्। पटक-पटक संस्थान सुधारका लागि मन्त्री भुसालले मौखिक र लिखित निर्देशन दिँदै आए पनि महाप्रबन्धक सञ्जीव झाले अटेरी गर्दै आएका छन्।

केही दिनअघि किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराए पनि त्यसको कार्यान्वयन नभएको पाइएको छ।

अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहेको र संस्थानको सुधारका लागि आवश्यक निर्णय गर्ने मन्त्री भुसालले जनाएका छन्।

ad
ad