रमादानमा लन्डनको पश्चिम किनारा झिलिमिली भयो
मार्चमा इस्लामिक पवित्र महिना रमादानको अवसरमा लन्डनको पश्चिम किनारा पहिलोपटक झिलिमिली भयो । यसका लागि सो क्षेत्रमा झन्डै ३० हजार बत्ती लगाइएका थिए । त्यस अवसरमा लन्डनका पहिलो मुस्लिम मेयर सदिक खानले एक समारोहमाझ सो भेगस्थित ‘कोभेन्ट्री स्ट्रिट’मा चन्द्रमाको आकृतिमा सजाइएको बत्ती बालेका थिए । रमादानको अवसरमा लन्डनमा मनाइएको यसपटकको प्रकाश–उत्सव कुनै पनि प्रमुख युरोपेली सहरको पहिलो हो ।
दुई भाले मुसाको कोषिका प्रयोग गरेर बच्चा–मुसा जन्माइयो
जापानको ओसाका विश्वविद्यालयका वैज्ञानिकले जैविक रूपमा दुईवटा भाले मुसाको कोषिका लिएर मुसाको छाउरो जन्माउन सफल भए । यो खोज वैज्ञानिक जर्नल नेचरको मार्च अंकमा प्रकाशित छ । खोजका क्रममा वैज्ञानिकले भाले मुसाको पुच्छरको छालाबाट कोषिका लिएर त्यसबाट भ्रुण निर्माण गरेका थिए । भ्रुण विकास हुन आवश्यक न्यानोपनका लागि त्यसलाई पोथी मुसाको गर्भमा ‘इम्प्लान्ट (प्रत्यारोपण)’ गरिएको थियो । भ्रुण विकसित भएर पछि जीवित बच्चा नै जन्मिएको वैज्ञानिकहरूले बताएका छन् । यो वैज्ञानिक सफलतालाई भविष्यमा लोपोन्मुख जीवको संरक्षण र मानिसमै पनि प्रजनन समस्याको उपचारमा प्रयोग गर्न सकिने भएको छ ।
चीनभित्र हुने अन्तर्राष्ट्रिय भुक्तानीमा चिनियाँ मुद्राले अमेरिकी डलरलाई उछिन्यो
चीनमा हुने अन्तरसीमा भुक्तानीमा पहिलोपटक चिनियाँ युआनले अमेरिकी डलरलाई उछिनेको छ । पछिल्लो समय चिनियाँ सरकारले उसको मुद्रालाई अन्तर्राष्ट्रियकरण गर्न र अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन चिनियाँ युआनको प्रयोगलाई प्रोत्साहित गरिरहेको छ ।
वैज्ञानिकहरूले पृथ्वीको ‘म्यान्टल’को चट्टान सफलतापूर्वक हासिल गरे
सन् १९६१ देखिका पटक–पटकको असफल प्रयासपछि अनुसन्धानदाता अन्ततः गत मेमा पृथ्वीको बाहिरी परत क्रस्टभन्दा मुनिको तह ‘म्यान्टल’सम्म ‘ड्रिल गर्न’ सफल भए । यसबाट उनीहरूले सो तहको सघन चट्टानको नमुना हासिल गरेका छन् । वैज्ञानिकहरूले पहिले समुद्री पिँधमा म्यान्टलनजिक रहेको भाग पहिचान गर्न ड्रिलिङ वाहन उपयोग गरेका थिए । विशेषतः टेक्टोनिक गतिविधि उच्च हुने स्थानमा म्यान्टल ठेलिएर सतहनजिक आउने गर्छ । ‘मोहो’ भनिने एट्लान्टिक रिड्जको मध्यभागनजिक त्यस्तो स्थान भेटियो । निकालिएको नमुनाले भूगर्भविद्लाई पृथ्वीको सतहमुनि के छ भन्ने सटिक पहिचानको अवसर प्रदान गरेको छ ।
अनुसन्धानदाताले १३.२ अर्ब वर्ष पुरानो ‘ब्याकहोल’ पत्ता लगाए
अनुसन्धानदाताहरूले नासाको ‘चन्द्र एक्स–रे वेधशाला’ र ‘जेम्स वेब अन्तरिक्ष दूरदर्शकयन्त्र’बाट प्राप्त तथ्यांक प्रयोग गरेर हालसम्म रेकर्ड भएको ब्रह्माण्डको सबैभन्दा पुरानो ‘ब्ल्याकहोल’को अस्तित्व पुष्टि गरे । यो ब्ल्याकहोल ‘बिग ब्याङ (महाविस्फोट)’को करिब ४७ करोड वर्षपछि निर्माण भएको प्रक्षेपण छ, जुन ‘मिल्की वे (आकाशगंगा)’ तारापुञ्जमा अवस्थित ब्ल्याकहोलभन्दा १० गुणा ठूलो छ ।
पक्षघात भएका मानिस सोचमार्फत पुनः हिँड्न सक्षम भए
दिमाग र स्नायुमा गरिएको एक प्रत्यारोपण (इम्लान्ट)को सहयोगले एकजना पक्षघात भएको मानिस एक दशकपछि पुनः हिँडडुल गर्न सक्षम भए । यस सफलताबारेको लेख मेमा चर्चित वैज्ञानिक जर्नल नेचरमा छापिएको छ । एआई प्रविधिले युक्त उक्त प्रत्यारोपित उपकरणले परीक्षणमा सहभागी व्यक्तिको दिमागको विद्युतीय संकेतलाई ‘डिकोड’ गर्दै उनको मांसपेशीमा हिँड्ने सन्देश पठाएको थियो । त्यसपछि ती व्यक्ति वाकर समाएर आफैँ उभिन र हिँड्न सक्षम भए । स्नायुमा गरिएको इम्प्लान्टबाट यसअघि पनि यस्तै परिणाम हासिल भएको थियो, तर पहिले प्रत्येकपटक सिग्नल सक्रिय गराउन बटन थिच्नुपथ्र्यो, यसपटक भने त्यो काम सोचले नै ग¥यो ।
नियामक संस्थाद्वारा पहिलो खान मिल्ने जन्म निरोधक चक्की र सुत्केरी महिलामा देखिने डिप्रेसनसँग जुध्ने चक्कीलाई स्वीकृति
अमेरिकाको औषधिसम्बन्धी नियामक संस्था ‘युएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)’ले जुन महिनामा डक्टरको सिफारिसविनै खान सकिने गर्भनिरोधक चक्कीलाई स्वीकृति दियो । ‘ओपिल’ नामक सो चक्की सन् २०२४ को सुरुदेखि अमेरिकाभरका फार्मेसीमा उपलब्ध हुने अपेक्षा गरिएको छ । त्यसको केही हप्तापछि एफडिएले सुत्केरी महिलामा देखिने डिप्रेसनविरुद्ध प्रयोग गर्न सकिने चक्कीलाई पनि पहिलोपटक स्वीकृति दियो । चिकित्सकीय परीक्षणका क्रममा ‘जुरजुभाए’ नामको सो औषधिले कम्तीमा तीन दिनमा असर देखाएको पाइएको थियो । जब कि अन्य एन्टिडिपे्रसेन्टले प्रभाव देखाउन कम्तीमा दुई हप्ता लाग्छ ।
मिथेन इन्धन प्रयोग गरिएको पहिलो रकेट अन्तरिक्षमा प्रक्षेपण
चिनियाँ निजी अन्तरिक्ष कम्पनी ‘ल्यान्डस्पेस’ले बनाएको मिथेन इन्धनले चल्ने ‘झुक–२’ रकेट जुलाईमा अन्तरिक्ष पुग्यो । मिथेन हरितगृह ग्यास भए पनि हाल अधिकांश अन्तरिक्ष उडानमा प्रयोग गरिने मट्टीतेलमा आधारित इन्धनभन्दा प्रकृतिमैत्री मानिन्छ ।
महŒवपूर्ण भेटिकन भेलामा महिलाले मतदान गरे
ननभिक्षुणी र साधारण महिलालाई समेत सहभागी गराइएको भेटिकनमा भएको तीन सय विसपको एक भेलामा पहिलोपटक महिलालाई मताधिकार दिइयो । छलफल भएका विषयमा चर्चको भूमिकामा महिलालाई अघि बढाउनेलगायत थिए । केही ‘प्रिस्ट (पादरी)’ले क्याथोलिकहरू माझ निकै विवादित विषय डिकन (प्रिस्टमुनिका पद)मा महिलाको अर्डिनेसन (अभिषेक)लाई समेत समर्थन गरेका थिए ।
भारतले चन्द्रमाको दक्षिणी ध्रुवनजिक अन्तरिक्षयान अवतरण गरायो
यो सफलतासँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिक अन्तरिक्षयान सफलतापूर्वक अवतरण गराउने पहिलो मुलुक बनेको छ । छायादार उबडखाबडयुक्त सो क्षेत्रमा यसअघि पनि भारत (र, रुस)ले अवतरणको प्रयास गरेका थिए । तर, सफलता पाउन सकिएको थिएन । भारतको चन्द्रयान–३ अन्तरिक्षयान अगस्टमा दक्षिणी ध्रुवभन्दा ३७० माइल पर अवतरण गरेको थियो । यो सफलतासँगै भारत सोभियत संघ, अमेरिका र चीनपछि चन्द्र धरातलमा अन्तरिक्षयान उतार्ने चौथो मुलुक बनेको छ । ध्रुव क्षेत्रमा जमेको पानीको संकेत पाएपछि वैज्ञानिकहरूले पहिलेदेखि नै त्यस क्षेत्रको अनुसन्धानमा चाख दिँदै आएका छन् ।
जापानमा ८० वर्षमाथिको जनसंख्याको हिस्साले १० प्रतिशत नाघ्यो
जापानको राष्ट्रिय तथ्यांकअनुसार पहिलोपटक जापानका १० मध्ये एक मानिस ८० वर्षमाथिका भएका छन् । जुन महिनामा जापानका स्वास्थ्यमन्त्रीले सार्वजनिक गरेको उक्त तथ्यांकले सन् २०२२ मा जापानमा जन्मदर सन् १८९९ मा रेकर्ड राख्न थालिएयताकै न्यून पुगेको देखाएको छ । १२ करोड ५० लाख जनसंख्या भएको जापान विश्वको सबैभन्दा धेरै वयोवृद्ध जनसंख्या भएको मुलुक हो ।
कोरियाली एकल गायकको गीत अमेरिकाको बिलबोर्डको शीर्ष स्थानमा
कोरियन गायक जिमिन बिलबोर्डको हट १००को शीर्ष स्थान हासिल गर्ने पहिलो दक्षिण कोरियाली सोला (एकल) गायक बने । के–पप समूह बिटिएसको सदस्यसमेत रहेका जिमिनको ‘लाइक क्रेजी’नामक गीतले अप्रिलमा बिलबोर्ड हट १००को शीर्ष स्थान हासिल गरेको थियो । साप्ताहिक रूपमा प्रकाशित हुने यस सूचीले पछिल्लो हप्ता अमेरिकाभित्र सबै विधाका गीतमा सबैभन्दा लोकप्रिय गीतको वरीयता दिने गर्छ । केही महिनापछि नै बिटिएसकै अर्का सदस्य जुङकुकक उनको गीत ‘सेभेन’का साथ सो सूचीको शीर्ष स्थान हासिल गर्ने दोस्रो दक्षिण कोरियाली एकल गायक बनेका थिए ।
ब्राजिलको संविधान औपचारिक रूपमा आदिवासी भाषामा अनुवाद
यो वर्ष पहिलोपटक ब्राजिलको संविधान औपचारिक रूपमा ‘न्हिङातु’ भाषामा अनुवाद भयो । अमेजन क्षेत्रमा धेरै बोलिनेमध्ये एक आदिवासी भाषा न्हिङातुमा गरिएको अनुवाद जुलाईमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको थियो । अभियन्ता तथा ब्राजिलका अधिकारीहरूले यस कदमलाई देशका आदिवासी भाषा र संस्कृतिको संरक्षण तथा सम्मानतर्फको एक महŒवपूर्ण कदमका रूपमा प्रशंसा गरेका छन् ।
एआईले प्राचीन रोमन स्क्रोल (लामो लेखोट)को भाषा अथ्र्याउन सघायो
एआईले पहिलोपटक प्राचीन स्क्रोलको अंश अथ्र्याउन सघाएको छ । अगस्टमा एक कम्प्युटर विज्ञानका विद्यार्थीले बनाएको एआई मोडलले ‘हर्कुलेनेअम’ स्क्रोलको बुझ्न नसकिएको हिस्सा ग्रिक शब्द ‘पार्फाइरस (वैजनी रंग)’ रहेको पहिचान गरेको थियो । हर्कुलेनेअम स्क्रोल सन् ७९ मा माउन्ट भेसभियसको ज्वालामुखी विस्फोटपछि त्यसको खरानीमा दबिएर सुरक्षित बचेको सयौँमध्येको प्राचीन सम्पदा हो ।
भर्जिन ग्यालेटिकले आफ्नो पहिलो अन्तरिक्ष पर्यटन उडान भ¥यो
भर्जिन ग्यालेटिकले अगस्टमा आफ्नो पहिलो पयर्टक–समूह अन्तरिक्षमा उडायो । उडानमा तीनजना टिकटधारी सहभागी थिए, जसमा दुई आमा–छोरी र एक ओलम्पियन थिए । अमेरिकाको न्युमेक्सिकोबाट रकेट जोडिएको अन्तरिक्ष जहाज ‘भिएसएस युनिटी’बाट उनीहरूलाई अन्तरिक्षमा प्रक्षेपित गरिएको थियो । भर्जिन ग्यालेटिकका अनुसार सयौँ मानिस उडानका लागि प्रतीक्षामा छन् । सो जहाजमा उडानको एक व्यक्तिको टिकटको मूल्य चार लाख ५० हजार डलर रहेको छ ।
विश्वका हरेक महासागरीय ‘बेसिन’मा श्रेणी–५ को आँधी बन्यो
इतिहासमा रेकर्ड राख्न थालिएपछि पहिलोपटक एकै वर्ष विश्वका पाँचवटै महासागरीय बेसिनमा श्रेणी– ५ (२५२ किलोमिटर प्रतिघन्टा)को आँधी आएको छ । मौसमविद्ले आन्ध्र, प्रशान्त र हिन्द महासागरमा रहेका विश्वका सातवटै महासागरीय बेसिनमा श्रेणी–५ आँधीको पहिचान गरे । विज्ञहरूले महासागरको बढिरहेको तापक्रमले यो वर्ष सक्रिय आँधी ऋतुमा भूमिका खेलेको बताएका छन् ।
बर्डफ्लुको अति प्राणघातक ‘भेरियन्ट’ अन्टार्कटिकासम्म पुग्यो
अक्टोबरमा अन्टार्कटिकाको ‘बर्ड आइल्यान्ड’ नामक टापुका चरा र सिलमा ‘एचपिएआई एच५एन१’ नामक भाइरस पुष्टि भयो । रैथाने जीवमा अधिकांश भाइरसविरुद्ध प्रतिरक्षा क्षमता नहुने भएकाले यसले धेरै संरक्षणविद्लाई चिन्तित बनाएको छ । यसका कारण प्रजनन संख्या घट्नेदेखि एक्लिएका प्रजातिहरू लोप हुने सम्भावना बढेको छ ।
रेकर्ड राख्न थालिएपछिको पृथ्वीका सबभन्दा गर्मी १२ महिना
सन् २०२२ नोभेम्बरदेखि अक्टोबर सन् २०२३ बीचका १२ महिना पृथ्वीमा रेकर्ड राख्न थालिएपछिकै सबैभन्दा गर्मी महिनामा दर्ज भए । गैरनाफामूलक संस्था ‘क्लाइमेट सेन्ट्रल’ले गरेको विश्लेषणले वैश्विक तापक्रम औद्योगिक क्रान्तिअघिको समयभन्दा १.३ डिग्री सेल्सियस बढिसकेको देखाएको छ । यो तथ्यांक सन् २०१५ मा पेरिस सम्झौताले सन् २१०० सम्ममा सीमित गर्नुपर्ने भनेको १.५ डिग्री सेल्सियसनजिक भएकाले वातावरणीय र जलावायु वैज्ञानिकहरू चिन्तित बनेका छन् ।
टाइटानिकको भग्नावशेषको पूर्ण थ्रिडी स्क्यान तयार
सन् १९१२ मा दुर्घटना भएर समुद्रमुनि रहेको टाइटानिकको भग्नावेशको पूर्ण थ्रिडी स्क्यान पहिलोपटक गत वर्ष मेमा सार्वजनिक भयो । आन्ध्र महासागरको १२ हजार पाँच सय फिटको गहिराइमा रहेको सो भग्नावशेषमा पुग्न निकै कठिन छ र त्यस गहिराइको धमिलोपनले तस्बिर सधैँ प्रस्ट आउँदैन । मेगलन लिमिटेड नामक कम्पनीले निकै लामो समय लगाएर खिचेको करिब सात लाख १५ हजार तस्बिरले पछिल्लो स्क्यान तयार पारिएको हो । (न्युयोर्क टाइम्सबाट)