१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संविधानसभा सदस्य सुनुवारको अन्त्येष्टि सोमबार गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:२o:oo

शनिबार निधन भएकी संविधानसभा सदस्य दालकुमारी सुनुवारको अन्त्येष्टि सोमबार हुने भएको छ। रामेछाप गुप्तेश्वरनिवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा  ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल, हरिसिद्वीमा निधन भएको थियो।

उनी थाइराइट क्यान्सरबाट पीडित थिइन्। उनी सुनुवार सेवा समाज संघीय समिति सल्लाहकारसमेत थिइन्। पारिवारिक सदस्यका अनुसार अमेरिकामा रहेका कान्छा छोरा आएपछि सोमबार अन्त्येष्टि हुने भएको थियो। 

अन्त्येष्टिका लागि उनको पार्थिव शरीरलाई सोमबार बिहान राप्रपा पार्टी कार्यालयमा राखिने र दिउँसो सुनुवार सेवा समाज संघीय समितिको कार्यालय बालकुमारी कोटेश्वरमा राखिनेछ। दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक सदस्यले जानकारी दिएका छन्।

ad
ad