१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘मन्त्री आफैँ युद्धग्रस्त मुलुकमा पुगेर गरिएकाे नागरिकको उद्धार साहसिक कार्य’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:१३:oo

सत्तारूढ कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद आफैँ युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको जनाएको छ। 

पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री साउदको इजरायली भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको पनि उल्लेख छ। 

‘हमास इजरायल युद्धमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपतमा परेका सयौँ नेपाली विद्यार्थीको उद्धारका लागि नेपालका परराष्ट्रमन्त्री नेपाली ध्वजावाहक विमान लिएर आफैँ युद्धग्रस्त मुलुकको भूमिमा पुगेर सफताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको छ।’ 

कांग्रेसले पार्टीका तर्फबाट साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको पनि जनाएको छ। 

संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण सम्पन्न हुनु र नेपाली कामदार भएका मुलुकमा नेपाली राजदूतावास खोल्ने कार्य आफैँमा प्रशंसनीय कार्य भएको कांग्रेसको ठहर छ।

कांग्रेसले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाई गर्न र रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भइ युद्धकै क्रममा निधन भएका नेपाली नागरिकको शव खोजी गरी स्वदेश ल्याउने विषयमा थप कूटनीतिक पहल गर्नु पर्ने आवश्यकता पनि औँल्याएको छ।

 

 

ad
ad