१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गजेन्द्रनारायण सिंह अस्पतालमा थप साढे १८ लाख अपचलन

छानबिन गर्दै अख्तियार

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१४:oo

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा थप साढे १८  लाख रुपैयाँ अपचलन भएको पाइएको छ । अस्पतालका बिल काउन्टर इन्चार्ज धीरेद्रकुमार सिंहले बैंक दाखिला गर्नुपर्ने रकम व्यक्तिगत काममा लगाएर अचलन गरेको पाइएको हो।

यसअघि उनले साढे ६ लाख रुपैयाँ अपचलन गरेको समाचार नयाँ पत्रिका अनलाइनमा प्रकाशित भएको थियो। आर्थिक वर्ष ०८०/८१ को कात्तिक मसान्तसम्म अस्पतालमा एक करोड ४४ लाख नाै हजार दुई सय ४९ रुपैयाँ आम्दानी भएकोमा सिंहले ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ व्यक्तिगत काममा प्रयोग गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।

यहीबीचमा सिंहले थप साढे १८ लाख अपचलन गरेको पाइएको अस्पताल स्रोतले जनाएको छ। स्रोतका अनुसार आर्थिक वर्ष ०७९/८०  को असार मसान्तसम्म अस्पतालमा दुई  करोड २१ लाख ५७ हजार तीन  सय ५ रुपैयाँ आम्दानी भएको छ। त्यसमध्ये सिंहले दुई करोड दुई लाख ९७  हजार ६ सय ७० रुपैयाँ मात्र बैंक दाखिला गरी १८ लाख ५९ हजार ६  सय २५ रुपैयाँ व्यक्तिगत काममा प्रयोग गरेको बताइएको छ।

बिल काउन्टरमा उठेको रकम समयमै बैंकमा दाखिला नभएको अस्पतालका सूचना अधिकारी आशाराम यादवले स्वीकार गरेका छन् । उनका अनुसार बिल काटेको भोलिपल्टै बैंक दाखिला गर्नुपर्छ। तर, असारसम्मको आम्दानी असारमा दाखिला नभएर साउनमा दाखिला भएको यादवले नयाँ पत्रिकासँग बताए।

यस विषयमा प्रश्न गर्दा इन्चार्ज सिंहले बिल काउन्टरमा उठेको सो रकम आमा सुरक्षा कार्यक्रमका लागि दिएको बताए। पछि पैसा फिर्त आएसँगै बैंकमा दाखिला गरेको उनको दाबी छ।

यस प्रकरणमा छानबिन सुरु भएको अख्तियारको इटहरी कार्यालयका एक कर्मचारीले जानकारी दिए। उनले भने, ‘कागजात उपलब्ध गराइदिन अस्पताललाई पत्र पठाएका छौँ।’

ad
ad