१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष ११ बुधबार ११:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकको ‘कफी टेबल बुक’ सार्वजनिक

Read Time : < 1 मिनेट
२०८० पौष ११ बुधबार ११:२२:००

 सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको अवसर पारेर आफ्नो २१ वर्षसम्मको यात्रालाई समेटी तयार पारेको ‘कफी टेबल बुक’ सार्वजनिक गरेकोे छ । बैंकले सञ्चालनको २१ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘कफी टेबल बुक’ सार्वजनिक गरेको हो । 

बैंकका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रममा बैंकले आफ्ना पूर्वसञ्चालक समितिका सदस्यहरू एवं पूर्वप्रमुख कार्यकारी अधिकृतलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीलाई अभिनन्दन पनि गरेको जनाएको छ । 

यही अवसरमा बैंकले देशका विभिन्न स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय ९६ जना रक्तदाताको सहभागिता रहेको जनाइएको छ । अन्य केही स्थानमा पनि रक्तदान कार्यक्रम आयोजना गरिने बैंकले उल्लेख गरेको छ ।