१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कञ्चनजंघा सेसेलुङ गोल्डकप : पाँचथरलाई हराउँदै मोरङ फाइनलमा

उपाधिका लागि मोरङ र सुनसरी भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४५:oo

ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगताको दोस्रो सेमिफाइनल खेलमा पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै सगरमाथा फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ।

भानुजन माविको प्रांगणमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरङले ५–४ को अन्तरले पाँचथरलाई पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो।

खेल समयभर दुवै टिमबाट १–१ गोल गर्दै खेल बराबरी भएको थियो। खेलको ५०औँ मिनेटमा पाँचथरका नितेश राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, खेलको ८६औँ मिनेटमा मोरङका विशाल भण्डारीले एक गोल फर्काउँदै खेललाई बराबरी बनाएका थिए। खेल टाइब्रेकरमा धकेलिएपछि पाँचथरलाई हराउँदै मोरङ फाइनलमा पुगेको हो।

पाँचथर झापाको जलथल फुटबल क्लबलाई हराएर तथा सगरमाथा फुटबल क्लब मोरङ बिटी फुटबल क्लब तेह्रथुमलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए।

यसअघिको सेमिफाइनलमा चक्रघट्टी फुटबल क्लब सुनसरी आठराई क्लब तेह्रथुमलाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। सोमबार पाँचथरलाई हराउँदै मोरङले फाइनलमा सुनसरीसँगको भेट पक्का गरेको छ। फाइनल खेल बुधबार हुनेछ।

कञ्चनजंघा सोसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमशः तीन लाख २ हजार ८० रुपैयाँ र एक लाख ५१ हजार ८० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

ad
ad