१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
नयाँ पत्रिका काठमाडौं
२०८० पौष ९ सोमबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसी विधेयकबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष ९ सोमबार १७:३२:००

संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकका टुंगिन बाँकी विषयमा शीर्ष नेताहरूबीच आज पनि छलफल भएको छ।

सोमबार बालुवाटारमा भएको छलफलमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत उपस्थित थिए।

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले राजनीतिक सहमतिकै आधारमा विधेयकलाई टुंग्याउने निर्णय गरेसँगै नेताहरूबीच छलफल सुरु भएको छ।