१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
कमलराज भट्ट काठमाडौं
२०८० पौष ९ सोमबार १९:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीर्ष तहको बैठक सकियो, टिआरसीमा सत्तापक्ष–प्रमुख प्रतिपक्ष सहमतिनजिक 

संसद्को आगामी अधिवेशनमा टिआरसी विधेयक टुंग्याउने शीर्ष नेताबीच सहमति

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०८० पौष ९ सोमबार १९:५३:००

संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकका टुंगिन बाँकी विषयमा छलफल गर्न बसेको शीर्ष नेताहरूबीचको बैठक भर्खरै सकिएको छ। 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी थिए। बैठकले संसद्को आगामी अधिवेशनमा टिआरसी विधेयक टुंग्याउने सहमति गरेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए। 

उनले उपसमितिमा सहमति जुट्न बाँकी रहेका चारवटा विषयमा सहमति जुटाउन शीर्षस्थ तहमा पुनः छलफल चलाउने सहमति पनि भएको जानकारी दिए। 

‘संसद्को आगामी अधिवेशनमा टिआरसी विधेयक टुंग्याउने सहमति भएको छ। त्यसअघि उपसमितिमा नमिलेका चारवटा विषयमा शीर्षस्थ तहमा फेरि छलफल चलाउने सहमति जुटेको छ,’ एमाले सचेतक बर्तौलाले नयाँ पत्रिकासँग भने। 

उनले पीडितमैत्री कानुन बनाउन सरकार तयार रहेकाले त्यसरी अगाडि बढ्दा सहमतिको नजिक-नजिक पुगेकाे जानकारी दिए।