१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका सिन्धुली
२०८० पौष ९ सोमबार १३:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकललाई ठक्कर दिएकाे बसमा आगजनी, बिपी राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
२०८० पौष ९ सोमबार १३:३३:००

सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।

आज बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा.६०प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रूपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो।

त्यसैगरी सो मोटरसाइकलचालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका– २ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार– ३ मा सो दुर्घटना भएको थियो। दुर्घटनामा उनीहरूको मृत्युपछि स्थानीयले सो बसमा आगजनी गरेका छन्। बसमा आगो लगाएपछि आज बिहानदेखि सो राजमार्गमा सवारी आवागमन बन्द भएको छ। रासस