१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी पेरिस
२o८१ बैशाख १९ बुधबार १२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

फ्रान्स उतारिएका भारतीय यात्रुसँग सोधपुछ

Read Time : < 1 मिनेट
एजेन्सी, पेरिस
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१३:oo

संयुक्त अरब इमिरेट्सबाट निकारागुआ जाँदै गरेको एक विमानमा यात्रा गरिरहेका भारतीय यात्रुसँग सोधपुछ सुरु भएको छ । ‘मानव तस्करी’को आशंकामा विमानमा सवार तीन सयजनाभन्दा बढी यात्रुसँग चार फ्रान्सेली अधिकारीले आइतबार सोधपुछ सुरु गरेका हुन् । बिहीबार दुबईबाट निकारागुवा जाँदै गरेको एयरबस ए३४० लाई पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको बेटरी विमानस्थलमा अवतरण गराइएको थियो । 

फ्रान्सको राष्ट्रिय संगठनविरोधी अपराध एकाइ जुनाल्कोले अनुसन्धानको नेतृत्व गरिरहेको छ । यात्रुहरूले अमेरिका वा क्यानडामा अवैध रूपमा मध्यअमेरिका जाने योजना बनाएको हुन सक्ने अनुमान गरिएको छ । यसअघि दुबईबाट निकारागुआतर्फ उडिरहेको विमानका अधिकांश यात्रु भारतीय मूलका नागरिक रहेका फ्रान्सस्थित भारतीय दूतावासले जनाएको थियो । विमान अवतरण गरेलगत्तै दूतावासको एक टोली विमानस्थलमा पुगेको थियो । दूतावासले ‘स्थितिको द्रुत समाधान’का लागि काम गरिरहेको जनाएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भनेको छ, ‘वाणिज्यदूत घटनास्थलमा छन् ।’

मानव तस्करीको आशंकामा विमानलाई आकस्मिक अवतरण गराएपछि रोमानियाली कम्पनी लिजेन्ड एयरलाइन्सको उडानमा रहेका तीन सय तीन यात्री विमानस्थलमै अलपत्र परेका छन् । पेरिस अभियोजकका अनुसार यात्रीमध्ये ११ जना बेसहारा नाबालिग छन् । 

ad
ad