१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:४४:oo

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुर, बोडगाउँ, कञ्चन, रामापुर, गोबरैया, बेलासपुर बान्डुसेनमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । 

समुदायस्तरमा रहेका सदस्यलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदिजस्ता कुरामा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वासका साथ कार्यक्रम गरेको संस्थाको भनाइ छ । कार्यक्रमले महिला तथा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गराउने मुख्य उद्देश्य रहेको संस्थले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश कलुवापुर उपप्रदेशअन्तर्गत श्री रौलेश्व मावि चवन्नी बजारका ६८ भन्दा बढी विद्यार्थी तथा कञ्चन, रामापुर, गोबरैया, बेलासपुर, बान्डुसेन, कञ्चनपुरअन्तर्गतका एक सय ८६ महिलालाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको जनाइएको छ । संस्थाले हाल दुई सय ८९ शाखामार्फत वित्तीय सेवा दिँदै आएको जनाएको छ ।

ad
ad