१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २३:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लोपोन्मुख वनकरियालाई बागमती प्रदेश सरकारबाट न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २३:२o:oo

बागमती प्रदेशले मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियालाई न्यानो कपडा वितरण गरेको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आइतबार मनहरी ४ ट्वाङ्ग्रामा रहेको वनकरिया वस्तीमा पुगेर उनीहरुलाई बागमती प्रदेश सरकारको तर्फबाट न्यानो कपडा वितरण गरेका हुन् । 

वनकरिया वस्तीमा रहेका २२ घर परिवारका ९३ जनालाई पुग्ने गरी सिरक वितरण गरिएको मन्त्रालयका सचिव ध्रुव गैंडाले जानकारी दिए । सरकार नागरिकको अभिभावक भएकाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गरिएको मन्त्री श्रेष्ठले बताए । 

‘बढ्दो चिसाको कारण समस्यामा परेका लोपोन्मुख जातिका नागरिकलाई बागमती सरकारका तर्फबाट आवश्यक सहयोग गरेका हौँ,’ उनले भने ।

मन्त्री श्रेष्ठले सरकारले लोपोन्मुखहरुका लागि सधैंँ सहयोग बाड्नुभन्दा पनि उत्पादनसँग जोड्ने गरी काम गर्ने बताए । उनले प्रदेशमा रहेका लोपोन्मुख जातिका नागरिकहरुका लागि आत्मनिर्भर बन्न सहयोग पुग्ने नीति तयार पारिरहेको जानकारी दिए । 

‘सधैँ अरुको सहयोगबाट मात्र जीवन चल्दैन । सबैजना उत्पादनसँग जोडिनु आवश्यक छ । समस्यामा परेका वेला सहयोग गर्नु राज्यको दायित्व हो । त्यो राज्यले पूरा गर्छ । तर, अब प्रदेश सरकार यहाँका लोपोन्मुख जातिहरुको आत्मनिर्भर अभियानमा लागेको छ । छिट्टै देखिने गरी काम हुन्छ, ’ उनले भने ।

मनहरी गाउँपालिका ४ नम्बर वडाध्यक्ष प्रकाश थापाको विशेष आग्रहमा प्रदेश सरकारले न्यानो कपडा वितरण गरेको हो । वडा अध्यक्ष थापाले लोपोन्मुख वनकरियाको आर्थिक अवस्था उकास्न वडाले पाडी वितरण गरिएको जानकारी दिँदै आगामी दिनमा सहयोग निरन्तर गर्ने बताए ।

ad
ad