१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:१५:oo

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । संस्थाको छैटाैँ साधारणसभाले २६ करोड नौ लाख १६ हजार रुपैयाँबराबरको कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

धरानमा आयोजना भएको साधारणसभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, असार मसान्त ०८० को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरूसमेत वार्षिक आर्थिक विवरण पारित गरेको जनाइएको छ ।

त्यस्तै, साधारणसभाले संस्थापक एनआइसी एसिया बैंक लिमिटेडको तर्फबाट मनोनीत भई प्रतिनिधित्व गरेका दीपक ढकाललाई निर्विरोध सञ्चालकमा चयन गरेको जनाइएको छ । नवनियुक्त सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष शपथग्रहण गरी आफ्नो पदबहाल गरेको संस्थाले जनाएको छ । 
 

ad
ad