१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजीनामा माग्दै नेविसंघले मन्त्री किराँतीको पुत्ला जलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:१७:oo

सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ।

नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पसको आयोजनामा संगठनका एक दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा उनीहरूले मन्त्री किराँतीको पुत्ला दहन गरेका हुन्।

किराँतीले धार्मिक सदभाव भड्काउन खाेजेको र समाजमा अराजकता फैलाउन खोजेको नेविसंघका नेताहरूको ठहर छ। ‘स्टन्टवाज, धार्मिक सदभाव भड्काउने गैरजिम्मेवार, नालायक मन्त्री सुदन किराँतीको गलत कदमको विरोधमा पुत्ला दहन गरेका हौँ,’ सानोठिमी क्याम्पसका एकाइ अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य एन्जोर कार्कीले भने।

धार्मिक स्वतन्त्रतामा खलल पुर्‍याउने गतिविधि गर्न कसैलाई छुट नभएको भन्दै केन्द्रीय सदस्य भुवन भट्टले भने, ‘तत्काल प्रधानमन्त्रीले मन्त्री किराँतीलाई बर्खास्त गर्नुपर्छ।’

नेविसंघका नेताहरूले मन्त्रीको राजीनामा माग्दै ‘धार्मिक स्वतन्त्रतामाथि प्रहार गर्न पाइँदैन,’ ‘पर्यटन मन्त्रालयमा भइरहेको भ्रष्टाचारको छानबिन गर’लगायतका नारा लगाएका थिए।

ad
ad