१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जडीबुटीकाे मुहानमै प्रशोधन केन्द्र १० वर्षदेखि अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:२२:oo

चंखेली गाउँपालिका– १ स्थित रिमी गाउँमा रहेको महादेव जडीबुटी प्रशोधन केन्द्र १० वर्षदेखि अलपत्र अवस्था छ। ०७० सालमा निर्माण गरिएको जडीबुटी प्रशोधन केन्द्रकाे भवन र मेसिन अलपत्र अवस्थामा छ। 

रिमी, दार्मा, मिमी, नेप्कालगायत क्षेत्रको जडीबुटी संकलन गरी प्रशोधन गर्न निर्माण गरिएको जडीबुटी प्रशोधन केन्द अहिलेसम्म सञ्चालनमा नआएको जडीबुटी प्रशोधन केन्द्रका अध्यक्ष सर्जनबहादुर बुढाले जानकारी दिए।

अध्यक्ष बुढाले भने, ‘भवन निर्माण छ, मेसिन पनि ल्याइयो। तर, यो यसै थन्किएको छ।’ 

२२ लाखको मेसिन तीनवटा भवन प्रयोग नभएर अहिलेसम्म अलपत्र परेको बुढाले जानकारी दिए। तीनपटक सुर्खेत पुगेर पर्यटन मन्त्रालय धाउँदासमेत कुनै सुनुवाइ नभएको उनको बताए।

चंखेली गाउँपालिका- १ का स्थानीय दल बोहाेराका अनुसार यस क्षेत्रबाट ५० हजार क्विन्टल जडीबुटी जिल्लाबाहिर निकासी हुने गरेकाे छ। 

चंखेली गाउँपालिकामा जटामासी, कुट्की, अतिसलगायतका जडीबुटी मुगु जिल्ला हुँदै बाहिर निकासी हुने गरेको बोहाेराले बताए। बर्सेनि हजारौँ क्विन्टल जडीबुटी बाहिर निकासी हुँदै आएको छ।
 

ad
ad