Skip This
आयल निगमबाट राजीनामा दिएका थानी भन्छन्- चाँडै राष्ट्रिय राजनीतिमा आउँछु’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आयल निगमबाट राजीनामा दिएका थानी भन्छन्- चाँडै राष्ट्रिय राजनीतिमा आउँछु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:o१:oo

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदबाट अचानक राजीनामा दिएका उमेशप्रसाद थानीले चाँडै राष्ट्रिय राजनीतिमा आउने बताएका छन्। 

आयल निगमका कर्मचारीले बुधबार दिउँसो थानीको बिदाइका लागि टेकुस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेका थिए। सो कार्यक्रममा उपस्थित भएका थानीले भविष्यमा कुनै पनि राजनीतिक नियुक्ति नलिने र चाँडै राष्ट्रिय राजनीतिमा आउने गरी आयल निगमको कार्यकारी निर्देशक पदबाट कार्यकाल बाँकी छँदै राजीनामा दिएको प्रस्ट पारेका हुन्। 

‘अब मेरो राजनीतिक यात्रा सुरु भयो भन्ने ठान्नुस्,’ बिदाइ कार्यक्रममा धानीले बोलेको कुरा उदृत गर्दै स्रोतले भन्यो, ‘घर–परिवार र नेताहरूसँगको सल्लाहबमोजिम राजनीतिक यात्रा अघि बढाउन आयल निगमबाट राजीनामा दिएको हुँ।’

०७८ फागुनमा तीन वर्षका लागि आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका थानीले १५ महिना कार्यकाल बाँकी छँदै गत २६ मंसिरमा राजीनामा दिएका थिए। उनको राजीनामा समेत स्वीकृत भइसकेको छ।

११ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा थानी कांग्रेसबाट उम्मेदवार हुने चर्चा छ। यसअघि उनी राजदूत भएर नियुक्ति लिन सक्ने चर्चासमेत थियो, तर उनले कुनै पनि राजनीतिक नियुक्ति नलिने घोषणा गरेकाले अब यो सम्भावना न्यून हुनेछ।

थानी कांग्रेसका सभापति शेरबहादुर देउवानिकट हुन्। उनी नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन (सिडेन) का निवर्तमान अध्यक्षसमेत हुन्।
 
 

ad
ad