१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चामा जलन, अपनाउनुस् सावधानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४२:oo

बच्चाहरू चकचक गरिरहन्छन् । त्यसक्रममा आगो, तातोपानी, तातो खोलेलगायतले उनीहरूलाई पोल्न सक्छ । उनीहरू घरमा बिजुलीको प्लगमा औँला छिराउने पनि गर्छन् । यसले पनि उनीहरूलाई करेन्ट लागेर पोल्छ, जसलाई लो भोल्टेज जलन भनिन्छ । 

पोलेको वेलामा धेरै दुख्छ । त्यस्तो वेलामा नदुख्ने सुई लगाउन सकिन्छ । पोलेको बिरामीमा संक्रमण हुन्छ । जसले गर्दा नियमित ड्रेसिङ गर्न आवश्यक हुन्छ । गर्मीको दाँजोमा जाडो मौसममा पोल्ने (अग्नि जलन) धेरै हुने गरेको पाइएको छ । नवजात शिशुदेखि ठूला बालबालिकामा पनि यस्तो जोखिम रहन्छ । गाउँघरमा बच्चालाई तताउन बन्द कोठामा आगो बालिन्छ । जसले गर्दा निसासिएर ज्यान पनि जान सक्छ । 

भर्खर जन्मिएको बच्चालाई आगोमा सेक्ने गरिन्छ, यस्तो अवस्थामा पनि जोखिम रहन्छ । बच्चाको छाला एकदमै कलिलो हुन्छ । धेरै तातोमा तताउँदा पोल्न सक्ने भएकाले बच्चालाई सेकाउँदा धेरै ध्यान दिनुपर्छ । 

ठूलो बच्चाको हकमा हात–खुट्टा चलाउन थाल्छन् । गाउँघरमा दाउराको चुलो हुन्छ । तसर्थ, हिँड्ने उमेरका बच्चालाई आगोको चुलोनजिक जान दिनुहुँदैन । धेरै बच्चा दाउराको चुलोमा हात–खुट्टा पोलेका घटना सुन्नमा आएका छन् । 

बच्चालाई तातो पार्नलाई हट ब्यागको प्रयोग गर्छौँ । तर, त्यो पनि जोखिमयुक्त छ । हट ब्याग राम्रोसँग कसिएन भने पानी लिक भएर पोल्न सक्छ । यसमा पनि सावधान हुन जरुरी छ । अर्को केमिकल जलन हुन सक्छ । बाथरुम सफा गर्ने केमिकलले बच्चाको छाला भेट्यो भने छाला डढ्न सक्छ । यसतर्फ पनि सचेत रहनुपर्छ । 

जाडो मौसमा बिहानको घाममा राख्नु राम्रो हुन्छ । बच्चालाई बिहानीको घाममा राखेर मसाज ग¥यो भने भिटामिन डीको मात्रा पुग्छ । तर, दिउँसोको चर्काे घाम राख्नु हुँदैन । 

कुनै आगो वा पानीले पोल्दा गोलभेँडा, टुथपेस्ट आदि लगाउने चलन छ । तर, यस्तो गर्नुहुँदैन । बरु १५ मिनेटसम्म सफा चिसो पानीमा भिजाउँदा घाउ धेरै बढ्न पाउँदैन । बच्चामा समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजान सकिन्छ । समयमै उपचार गरियो भने विभिन्न समस्याबाट जोगाउन सकिन्छ । 

ad
ad