१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
एजेन्सी काठमाडाैं
२०८० पौष ४ बुधबार ०८:१२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्टार्क बने आइपिएल इतिहासकै महँगा खेलाडी

Read Time : > 2 मिनेट
एजेन्सी, काठमाडाैं
२०८० पौष ४ बुधबार ०८:१२:००

१७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले इतिहासकै कीर्तिमानी रकममा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारुमा भित्र्याएको छ । सन्राइजर्स हैदराबादले अस्ट्रेलियाका एकदिवसीय विश्वकप च्याम्पियन कप्तान प्याट कुमिन्सलाई २० करोड ५० लाख भारुमा खरिद गरेको छ । आइपिएलको अक्सनमा पहिलोपटक दुई खेलाडी २० करोड भारुमा बिक्री भएको हो । दुबईमा भएको आइपिएल अक्सन आठ घन्टासम्म चलेको थियो । जसमा सहभागी १० फ्रेन्चाइज टोलीले दुई अर्ब ३० करोड ४५ लाख भारु खर्चिएका छन् । जसमा ७२ खेलाडी किनबेच भएका छन् । यसमा ३० विदेशी खेलाडी बिक्रीमा रहेका थिए । 

यसैगरी, अक्सनमा नौ अनक्याप्ड भारतीय खेलाडी करोडपति बनेका छन् । यसमा राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेका अनक्याप्ड खेलाडीमध्ये भारतका समीर रिज्बीलाई चेन्नई सुपर किंग्सले आठ करोड ८० लाख भारुमा भिœयाएको छ । यसैगरी, झारखण्डका विकेट किपर ब्याट्सम्यान कुमार कुशाग्रलाई दिल्ली क्यापिटल्सले सात करोड २० लाखमा किनेको छ । भारतीय खेलाडीमध्ये अनक्याप्डमा हर्सल पटेल महंगा खेलाडी बने । पन्जाव किंग्सले उनलाई ११ करोड ७५ लाख भारुमा भित्र्याएको छ । 

 स्टार्कको औसत मूल्य दुई करोड भारु
आइपिएलको अक्सनमा अस्ट्रेलियन फास्ट बलर स्टार्कको औसत मूल्य दुई करोड भारु राखिएको थियो । स्टार्कलाई कोलकाताले अनुबन्ध गर्न दुई घन्टा समय खर्चिएको थियो । दिनको चौथो सेसनमा फास्ट बलर स्टार्कमाथि बोली लगाइएको थियो । सुरुमा उनीमाथि मुम्बई इन्डियन्स तथा दिल्ली क्यापिटल्सले बोली लगाएका थिए । त्यसपछि गुजरात टाइटन्स र कोलकाताबीच होडबाजी चलेको थियो । दुई फ्रेन्चाइजले उनलाई भित्र्याउन सक्दो रकम थप गर्दै गएका थिए । तर, अन्तिममा स्टार्कलाई कोलकाताले कीर्तिमानी रकममा अनुबन्ध गर्न सफल भयो । सन् २०१८ मा कोलकाताले उनलाई नौ करोड ८० लाख भारुमा अनुबन्ध गरेको थियो । 

कुमिन्समाथि तीन फ्रेन्चाइजका नजर
अस्ट्रेलियन खेलाडी प्याट कुमिन्समाथि सुरुमा तीन टोलीले बोली लगाएका थिए । अन्तिम सेसनमा सन्राइज हैदराबादले उनलाई २०.५० करोड भारुमा खरिद गरेको हो । कुमिन्सको औसत मूल्य दुई करोड भारु थियो । सबैभन्दा पहिला चेन्नई सुपर किंग्सले उनलाई किन्न चासो देखाएको थियो । त्यसपछि मुम्बई इन्डियनले उनीमाथि बोली लगायो । चेन्नईले कुमिन्स भित्र्याउन चार करोड ८० लाख भारु रकम राखेको थियो । कुमिन्स भित्र्याउन रोयल च्यालेन्जर्स बैंग्लोर अग्रसर भयो । बैंग्लोरले पाँच करोड भारु बोली राख्यो । होडबाजी चलिरहँदा सन्राइजर्स हैदराबादले आठ करोड ४० लाख भारु बोली लगायो । अन्तिम प्रतिस्पर्धा बैंग्लोर र हैदराबादबीच भयो । अन्तिममा हैदराबादले एकैपटक २०.५० करोड भारु राख्दा बैंग्लोर पछि हट्यो । गत संस्करणमा इंग्ल्यान्डका साम कुरान सर्वाधिक मूल्य १८ करोड ५० लाख भारुमा बिक्री भएका थिए ।

६ खेलाडीमा १० करोडमाथि बोली
दुबईमा भएको रोमाञ्चक अक्सनमा ६ खेलाडीमाथि १० करोड भारु बोली लगाएका थिए । अक्सनमा सहभागी टोलीले स्टार्क, कुमिन्स, हर्सल, न्युजिल्यान्डका डेरल मिचेल, वेस्ट इन्डिजका अजारी जोसेफ, अस्ट्रेलियाका फास्ट बलर सोनसनलाई १० करोड भारु खर्चन तयार देखिए । चेन्नईले जोसेफलाई ११ करोड ५० लाख भारु खर्चिएको थियो । गुजरातले जोनसनलाई भित्र्याउन १० करोड भारु बोली लगायो । यसैगरी, दक्षिण अफ्रिकाका राइली रुसो आठ करोड भारुमा पन्जाबले भित्र्याएको छ । उनलाई अनुबन्ध गर्न दिल्ली क्यापिटल्स पनि पछि लागेको थियो । यसैगरी, भारतका खेलाडी शुभमन दुवेलाई राजस्थान रोयल्सले पाँच करोड ८० लाख भारुमा किनेको छ । गुजरातले शाहरूख खानमाथि सात करोड ४० लाख बोली लगाउँदै भित्र्याएको छ ।

 नाम चलेका खेलाडी बिकेनन्
आइपिल अक्सनमा विदेशी तथा भारतीय खेलाडी राम्रो पैसामा बिक्री हुँदा विश्व क्रिकेटमा नाम चलेका चर्चित खेलाडी बिक्री भएनन् । अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथमाथि कसैले बोली लगाएनन् । उनले अक्सनमा आफ्नो औसत मूल्य ५० लाख भारु राखेका थिए । यसैगरी, श्रीलंकाका कुल मेन्डिस पनि बिकेनन् । उनले आफ्नो मूल्य ५० लाख भारु राखेका थिए । अस्ट्रेलियाका अलराउन्डर जोस हेडलउडमाथि कसैले चासो देखाएनन् । उनको औसत मूल्य दुई करोड भारु थियो । यसैगरी, दुई करोड भारु औसत मूल्य राखेका आदिल रसिद पनि अनसोल्ड भए । न्युजिल्यान्डका इस सोधी पनि अक्सनमा बिकेनन् । उनको औसत मूल्य ७५ लाख भारु थियो ।