१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेकपा एसको विधान संशोधनबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:२४:oo

एकीकृत समाजवादीले विधान संशोधनबारे छलफल सुरु गरेको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार सुरु भएको सचिवालय बैठकमा विधान संशोधनबारे छलफल सुरु भएको उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन् ।

सचिवालय छलफलबाट मस्यौदा तयार पारेपछि पोलिटब्युरो, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै राष्ट्रिय सम्मेलनमा मस्यौदा प्रस्तुत गर्ने तयारी छ । ‘छलफल प्रारम्भ भएको छ ।

हामी छिट्टै एउटा निचोडमा पुग्छौँ,’ उपाध्यक्ष राईले भनिन्, ‘प्रतिनिधि चयन कसरी गर्ने, संरचना कस्तो बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ ।’ परिषद्लाई बलियो बनाउनुपर्ने विषय पनि आएको छ ।

‘संरचना र त्यसको विधिको विषय छ । महाधिवेशन प्रतिनिधिहरूको सन्दर्भमा कुन प्रक्रियाबाट जाने भन्ने छ । यसअघि केन्द्रीय निकायहरू स्वतः प्रतिनिधि हुन्थे । स्वतः गर्ने कि चुनिएर आउने भन्ने हो । नयाँ र पुराना पुस्तालाई कसरी समेटेर लाने भन्ने विषयमा छलफल सुरु भएको छ,’ राईले भनिन् ।

ad
ad