१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौंका ३३ हिटीको निशाना मेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२९:oo

महानगरपालिका भित्रका ढुंगेधारा (हिटी) संकटमा परेका छन् । महानगरभित्र भएका ढुंगेधारामध्ये ६० प्रतिशत धारामा पानी नआउने, हराउने र नभेटिनेजस्ता समस्या देखिएको छ । अलान फाउन्डेसनको एक अध्ययनअनुसार महानगरभित्र भएका एक सय ५४ ढुंगेधारामध्ये ६१ वटा (४०%) मा मात्र पानी आउँछन् । ५० वटा (३२%) मा कहिल्यै पानी नआउने, १० वटा (६%) संकटमा परेका (लोप हुन लागेको अवस्थामा), २१ वटा (१४%) हराएका  र १२ वटा (८%) फेला नपरेको (नभेटिएका)  अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका क्रममा हिटीलाई पाँच प्रकारमा बाँडेर तथ्यांक संकलन गरिएको थियो । एक सय २१ हिटी भौतिक रूपमा भेटिएका छन् । ३३ वटाले आफ्नो निशानसमेत गुमाइसकेका छन् । वडागत रूपमा हेर्दा वडा नम्बर १५ र ३२ मा १२–१२ वटा हिटी छन् । वडा १२ र १३ मा एक–एकवटा, वडा  ३ मा २१ र २९ मा दुई–दुईवटा, वडा २ र ३० मा तीन–तीनवटा हिटी छन् । वडा नम्बर ५, २८ र ३१ मा चार–चारवटा, वडा नम्बर २० मा पाँचवटा, वडा १, ८, १९, २६ मा ६–६ वटा हिटी फेला परेका छन् । वडा नम्बर १८ मा सातवटा, वडा नम्बर ४ र ७ मा आठ–आठवटा, वडा ९ र १६ मा नौ–नौवटा, वडा १७ मा १० वटा, वडा नम्बर ६ मा ११ वटा र वडा १० मा १३ वटा हिटी छन् । यस्तै, वडा  ११, २२, २३, २४, २५ र २७ गरी ६ वटा वडामा एउटा पनि हिटीको अभिलेख भेटिएन ।

धारामा पानी आइरहेको, पानीको निकास राम्रो भएको, मर्मत–सम्भार गरिएको र परिसर संरचना कायम राखिएको हिटीलाई काम गर्ने प्रकारमा राखिएको थियो । पानीको प्रवाह नभएका हिटीलाई काम नगर्ने हिटीका रूपमा राखिएको थियो । 

ad
ad