१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

उपाध्याय र प्रधानलाई षडानन्द पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:५५:oo

पूर्वीय दर्शनका वरिष्ठ विद्वान्, तन्त्रशास्त्र र योगशास्त्रका चिन्तक प्रा. विद्यानाथ उपाध्यायले २०८० सालको बालगुरु षडानन्द पुरस्कार प्राप्त गरेका छन्। 

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले एक समारोहबीच बालगुरु षडानन्दको १८९औँ जन्मजयन्तीको अवसरमा उपाध्यायलाई बालगुरु षडानन्द पुरस्कार प्रदान गरेको हो। 

समारोहमा झन्डै सात दशकदेखि निरन्तर साहित्य लेखनमा समर्पित प्रसिद्ध कथाकार तथा बाल साहित्यकार परशु प्रधानलाई षडानन्द क्षेत्रीय पुरस्कार प्रदान गरिएको छ। 

प्रमुख अतिथि जगमान गुरुङले पुरस्कारसँगै उपाध्यायलाई एक लाख रुपैयाँ, साहित्यकार प्रधानलाई ५१ हजार रुपैयाँ प्रदान गरे।

प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतमको सभापतित्वमा आयोजित पुरस्कार वितरण समारोहमा पुरस्कृत व्यक्तित्व उपाध्यायले षडानन्दले कठिन मिहिनेतबाट प्राप्त गरेको सिद्धि कहिल्यै व्यक्तिगत स्वार्थमा प्रयोग नगरेको चर्चा गरे। उनले शिक्षा, मठमन्दिरको स्थापना र समाजसेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको बताए। 

प्रमुख अतिथि डा. गुरुङले ब्रह्मचर्यमा रहेर कुकर्मीलाई पनि सुकर्ममा डोर्‍याउन सक्ने बालागुरु षडानन्द, नयराज पन्त, पुरस्कृत व्यक्तित्व विद्यानाथ उपाध्याय, दीर्घराज घिमिरेजस्ता व्यक्तित्व कम हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। 

समारोहमा प्रतिष्ठानका सचिव प्राडा, बद्रीविशाल भट्टराई र सहसचिव निर्मला भट्टराईले पनि मन्तव्य राखेका थिए। शारीरिक अशक्तताका कारण साहित्यकार परशु प्रधान समारोहमा उपस्थित हुन असमर्थ भएकाले उनका सुपुत्र प्रतीक प्रधानले पिताको पुरस्कार ग्रहण गरेका थिए। 

ad
ad