१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा इन्डोर प्लान्ट्स जोगाउन...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५२:oo

इन्डोर प्लान्ट्सले कोठालाई सुन्दर देखाउनुका साथै हावा स्वच्छ बनाउने काम पनि गर्छ । त्यहीकारण मानिस इन्डोर प्लान्टस्तर्फ आकर्षित छन् । तर, यसलाई हुर्काउन र स्याहार गर्न पनि उत्तिकै छ । विशेषगरी, जाडोमा बिरुवालाई अझै विशेष स्याहार आवश्यक पर्छ । 

पातमा धुलो जम्दा त्यसका छिद्रहरू बन्द भएर बिरुवामा कीटाणु आउन सक्छ । त्यहीकारण, जाडोमा बिरुवालाई नियमित रूपमा सफा गर्नुपर्छ । त्यस्तै, सुकेका पात हटाउनुपर्छ । 

जाडोमा दिन निकै छोटो हुन्छ । त्यसैले तपाईंले घरका इन्डोर प्लान्ट्सलाई प्रकाश प्राप्त हुने ठाउँमा राख्नुपर्छ । तर, कुन बिरुवालाई कति प्रकाश आवश्यक पर्छ भन्ने जानकारी तपाईंसँग हुनुपर्छ । किनकि, कतिपय बिरुवालाई अधिक समय सीधा प्रकाशमा राख्दा नोक्सानी पनि पुग्छ । 

अधिकांश इन्डोर प्लान्ट्सले तापमानमा हुने उतारचढाव सहन सक्दैनन् । जाडोमा एकातर्फ हिटरले कोठा तताइरहेको हुन्छ, अर्कोतर्फ झ्यालबाट आउने हावाले चिसो बनाइरहेको हुन्छ । यस्तो अस्थिर तापक्रमले बिरुवालाई हानि गर्न सक्छ । त्यही कारण चिसोमा बिरुवालाई स्थिर तापक्रम हुने कोठामा लगेर राख्नुपर्छ । 

ad
ad