१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेवानिको ग्राउन्ड ह्यान्डलिङ यथावत् रहन्छ : पर्यटन मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१६:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम (नेवानि)को ग्राउन्ड ह्यान्डलिङ सेवा यथावत् रहने भन्दै आन्दोलनरत कर्मचारीलाई काममा फर्किन निर्देशन दिएका छन् । आइतबार पर्यटन मन्त्रालयले निगमका अन्दोलनरत क्रियाशील ट्रेड युनियनहरूलाई पत्राचार गरी आन्दोलनका सबै गतिविधि रोकेर काममा फर्किन निर्देशन दिएका हुन् । 

मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाका सम्बन्धमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय भएको छैन । यस विषयमा सरकारले निर्णय नगर्दासम्म निगमको सेवा यथावत् रहनेछ । निगमको समग्र सुधारमा केन्द्रित हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाई काम गर्न निगमसम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूले आन्दोलनका सबै गतिविधि रोकी तत्कालै काममा फर्किन मन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ ।’

नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई साताअघि निगमबाट ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा खोसेर प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको थियो । निगमले गुणस्तरीय सेवा दिन नसकेको र ग्राउन्ड ह्यान्डलिङ सेवा पनि महँगो भएको गुनासो आइरहेको भन्दै क्यानले प्रतिस्पर्धाबाट अन्तर्राष्ट्रिय अनुभवप्राप्त सक्षम कम्पनी छनोट गर्ने तयारी थालेको थियो । क्यानको यस्तो निर्णयपछि निगममसम्बद्ध ट्रेड युनियनहरूले दैनिक डेढ घण्टा काम छाडेर आन्दोलन गर्दै आएका थिए । उडान सेवामा अर्बौँ घाटा व्यहोर्दै आइरहेको निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिए कर्मचारीले तलब खाने अवस्थासमेत नरहने स्थिति छ ।

ad
ad