१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एफपिओ र मर्जर गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोडको कर उठ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५९:oo

फर्दर पब्लिक अफरिङ (एफपिओ)को प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्यकोषमा कर दाखिला भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र शनिबार ४ बजेसम्म एफपिओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त रकम राज्यकोषमा दाखिला भएको हो । कर दाखिला गर्ने समय शनिबार राति १२ बजेसम्म रहेको छ ।   

ठूला करदाता कार्यालयअन्तर्गतका ४१ करदाताहरूले १२ अर्ब ४७ करोड ६८ लाख कर बुझाएका छन् । बढी कर तिर्नेमा एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स छन् । एनएमबि बैंकले एफपिओअन्तर्गत एक अर्ब ४३ करोड ५१ लाख र बार्गेन पर्चेजबापत लाभकर ४० करोड ८३ लाख तिरेको छ ।

महालेखा परीक्षकको कार्यालयले ०७७ सालमा सार्वजनिक गरेको ५७औँ वार्षिक प्रतिवेदनदेखि लगातार एफपिओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असुल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो । तर, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले बेवास्ता गर्दै आएका थिए ।

महालेखाको ६०औँ प्रतिवेदनमा सरकारले कर उठाउनुपर्नेमा जोड दिएको छ । महालेखाले लगातार चारवटा प्रतिवेदनमा कर उठाउनुपर्ने विषय उठाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आवको बजेटमार्फत एफपिओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मंसिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरेका थिए ।

तर, उक्त शुल्क र जरिवानामा छुट दिने निर्णय संविधानविपरीत भएको भन्दै अर्थमन्त्रीले गरेको निणर्यविरुद्ध १६ वटा वाणिज्य बैंकहरू सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले बैंकहरूको रिट खारेज गरेपछि कर तिर्न कम्पनीहरू बाध्य भएका हुन् । मर्जर तथा प्राप्तिबाट भएको लाभ र सेयर प्रिमियमबाट भएको लाभका आधारमा मात्रै कर तिरे पुग्छ । 

ad
ad