१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

आरोहण गुरुकुल कुञ्जमा ‘नासो’ मञ्चन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५५:oo

कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक ‘नासो’ मञ्चन हुने भएको छ। नाटक नासो यही पुस ४ गतेदेखि मञ्चन हुने भएको हो। उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाउँमा पुस ७ गतेसम्म मञ्चन हुनेछ। 

नासो, प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। मैनालीको बहुचर्चित कथासंग्रह नासोमा संग्रहित चर्चित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ। नेपाली समाजका समसामयिक विषयमाथि कटाक्ष गरिएको उक्त नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असरको दृष्टिगोचर गर्ने बताइएको छ। अतः यो नाटकले नेपाली समाज र बालबालिकाको मनोविज्ञान नजिकबाट बुझ्नको लागि अझ सहज हुने जनाइएको छ। 

सद्भाव थिएटर– नेपालले  सुरुवात गरेको ‘शिक्षाका लागि रंगमञ्च’ अभियानलाई निरन्तरता दिँदै कोलम्बस इन्टरनेसनल स्कुल, मालीगाउँको सहकार्यमा नाटक नासो यही पुसको पहिलो साता मञ्चन गर्ने भएको हो। नाटकमा नुबु शेर्पा, क्रिसा बरुवाल, सौगात कक्षपती, साइना स्याङ्ताङ, युक्ति थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझीलगायत सेजल काफ्लेको अभिनय रहनेछ। यस नाटकको नाट्य रूपान्तरण तथा निर्देशन राम के.ए.सी.ले गरेका छन् भने सह–निर्देशन किरण चापागाईंको रहेको छ। 

चार दिनको लागि विशेष मञ्चन हुन लागेको यस नाटकको अवलोकनको लागि बुकिङ खुला भइसकेको छ। इच्छुक विद्यालयहरू, कलेजलगायत अन्य दर्शकहरूको लागिसमेत अवलोकन गर्न खुला गरिएको उक्त नाटकको टिकट दर तीन सय र पाँच सय रुपैयाँ राखिएकाे छ। 

ad
ad