१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा घरमै गर्नुस् व्यायाम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३४:oo

गर्मीको दाँजोमा जाडोमा मानिस अल्छी हुन्छन् । त्यसैले उनीहरू जिम जान पनि गाह्रो मानिरहेका हुन्छन् । केही त्यस्ता अभ्यास छन्, जसलाई तपाईं घरमै गर्न सक्नुहुन्छ । यसले तपाईंलाई फिट र स्वस्थ्य राख्न मद्दत गर्छ । 

जम्पिङ ज्याक्स : यसले पूरै शरीरको कसरत गराउँछ । त्यसैले कुनै पनि वर्कआउट गर्नुअघि वार्मअपका रूपमा पनि जम्पिङ ज्याक गर्ने गरिन्छ । यसले मांसपेशीहरूलाई सक्रिय गराउँछ, मुटुको चाल बढाउँछ र मुड फ्रेस गराउँछ । वजन घटाउन, स्टामिना बढाउन र तनाव कम गर्न यो कार्डियो एक्सरसाइज प्रभावकारी मानिन्छ ।

बर्पिस : यसले पनि पूरै शरीरको कसरत हुन्छ । यसमा स्क्वाट, पुसअप र जम्प गरिन्छ । यो निकै तीव्र र प्रभावकारी छ । मांसपेशी बलियो बनाउन र मुटुको स्वास्थ्यका लागि यो निकै लाभदायी छ । 

जम्प रोप : यसमा लागि धेरै समय र ठाउँ पनि आवश्यक पर्दैन । कोअर्डिनेसन, ब्यालेन्स र कार्डियोभस्कुलर फिटनेसका लागि यो प्रभावकारी छ । 

डान्स : यदि अभ्यास गर्न मन लाग्दैन भने मनपर्ने संगीत बजाउनुस् र त्यसको तालमा नाच्नुस् । शरीर स्वस्थ्य राख्नका लागि यो पनि निकै प्रभावकारी उपाय हो ।  

ad
ad