१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पुरुषलाई सुहाउने फर्मल गेटअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३१:oo

अहिले विवाहको सिजन चलिरहेको छ । विवाह पार्टीमा पुरुषहरू फर्मल देखिन चाहन्छन् । फर्मल पहिरन लगाउँदा केही विषय ध्यान दिन जरुरी छ, जसले तपाईंलाई आकर्षक र स्मार्ट देखाउँछ ।

- लुज कपडा लगाउँदा उमेर धेरै भएजस्तो देखिन्छ । त्यसैले शरीरमा फिट हुने कपडा लगाउनुपर्छ । 
- फर्मल पहिरनमा कलर कम्बिनेसनको ठूलो भूमिका हुन्छ । फर्मल ड्रेसअप भनेकै सिम्पल र क्लासिक हो । त्यसैले रंंगिचंगी सर्ट रोज्नुको साटो एकै कलरको सर्ट रोज्दा राम्रो हुन्छ । ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहँुगोरो स्किन भएकालाई साइनिङ कलर छनोट गर्दा राम्रो देखिन्छ । 
- दिउँसोको इभेन्टमा ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट तथा नाइट पार्टीमा डार्क, नेभी ब्लु, मरुनजस्ता सर्ट छान्नु राम्रो हुन्छ । 
- फर्मल ड्रेसअप गर्दा कपडा आइरन गर्न नभुल्नुस् । 
- पाइन्ट सही लेन्थको छान्नुस् । पाइन्टको लेन्थ धेरै लामो भयो भने राम्रो देखिँदैन । धेरै छोटो पनि सुहाउँदैन । 
- आफ्नो पहिरनमा म्याच हुने, राम्रोसँग पोलिस गरिएको छालाको जुत्ता लगाउनु राम्रो हुन्छ । बेल्टको रङसँग जुत्ताको रङ म्याच गर्दा राम्रो र स्मार्ट देखिन्छ । यसमा क्लासिक घडी लगाउँदा अझै राम्रो देखिन्छ । 

ad
ad