१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १८:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

क्रिकेट एक्सिलेन्स र कैलाली बहुमुखी क्याम्पस विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:o३:oo

लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत बुधबार भएका खेलमा काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली बहुमुखी क्याम्पस विजयी भएका छन्। पहिलो खेलमा क्रिकेट एक्सिलेन्सले कञ्चनपुरको जेएस स्पोर्टस्–११ सुपर स्टार्सलाई ३ विकेटले पराजित गर्‍यो।

जेएस स्पोर्टस्–११ कञ्चनपुरले दिएको एक ३२ रनको लक्ष्य क्रिकेट एक्सिलेन्स सेन्टरले ७ विकेट गुमाएर १८.५ ओभरमा पूरा गर्‍यो। क्रिकेट एक्सिलेन्सका लागि योगेश भाटले सर्वाधिक ३० रन बनाए। त्यस्तै, अर्जुन घर्तीले २२, राजकुमार शाहले २० र सचिन लेखकले १९ रन बनाए। जेएस स्पोर्टस्–११ का बलर साजन बिटालुले ३, विकास सुनारले २ तथा भरत बिष्ट र खगेन्द्र महराले १/१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्टस्–११ सुपर स्टार्सले २० ओभर खेल्दै ९ विकेट क्षतिमा एक सय ३१ रन बनाएको थियो। जेएस स्पोर्टस्का राज बमले अर्धशतकीय पारी खेले। उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाए। त्यस्तै, विकास सुनारले २२, सुनील चन्दले १६ र साजन बिटालुले १४ रन बनाए। 

प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका बलर अभिनाश बस्यालले ४ विकेट लिए। जुन क्रममा उनले ४ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए। मनोज यादवले २ तथा दयानन्द मण्डल र राजकुमार शाहले १/१ विकेट लिए। तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको क्रिकेट एक्सिलेन्स सेन्टर दोस्रो चरण प्रवेश गर्न असफल रह्यो।

बुधबार भएको दोस्रो खेलमा कैलाली बहुमुखी क्याम्पसले कैलालीको शारदा माविलाई २ रनले पराजित गरेको छ। कैलालीले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको शारदाले पूरै २० ओभर ब्याटिङ गर्दै एक सय ४७ रन बनायो। शारदाका लागि दुई ब्याट्सम्यान शंकर बोहरा र सुशान्त कार्कीले अर्धशतक बनाए पनि जितको लागि पर्याप्त भएन। 

शंकरले ४३ बलमा ६ चौका मद्दतले ५० रन तथा सुशान्तले २८ बलमा ५ चौका र २ छक्का मद्दतले अविजित ५१ रन बनाए। कैलालीको बलिङमा दीपक कँडेल, लोकेन्द्र खनाल र पारस रोकायाले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको कैलाली बहुमुखी क्याम्पसले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४९ रन बनायो। कैलालीका लागि अभिषेक कुँवरले सर्वाधिक ५१ रन बनाए। 

खेलमा प्लेयर अफ द म्याच घोषित उनले ३९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, रोशन रावलले २९, लोकेन्द्र खनालले २१ र प्रविनसिंह ठकुरीले १५ रन बनाए। शारदाका सुनीलबहादुर सिंहले ३, अभिषेक मल्लले २ तथा सुनील सिंह, विश्वास पन्त र सलिन बोहराले १/१ विकेट लिए

प्रतियोगिताको सेमिफाइनल पुग्ने तीनवटा टिमको टुंगो लागिसकेको छ। समूह ‘बी’बाट युथ अफ टीकापुर, समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन्। 

सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो बुधबार धनगढी स्पोर्टस् क्लब र खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरबीचको खेलपछि लाग्नेछ। उक्त खेलमा धनगढी स्पोर्टस् क्लब विजयी भए सेमिफाइनल प्रवेश गर्नेछ भने धनगढी पराजित भए धनगढी र शुक्लाफाँटा ब्ल्याकबक्सबीच नेट रन रेटमा अघि हुने टिम सेमिफाइनल प्रवेश गर्नेछ।  

ad
ad