१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
समाचार डिजिटल संस्करण

‘आदर्श महानगर भनिएको ललितपुरको विचार र व्यवहार फरक देखियो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २६ मंगलबार १८:५९:००

अभियन्ता ईःले ललितपुर महानगरपालिकालाई आदर्श महानगर मानिए पनि जनप्रतिनिधिकाे विचार र व्यवहारकाे अन्तरले त्यसलाई गलत पुष्टि गरेकाे टिप्पणी गरेका छन्।

नयाँ पत्रिकासँग कुरा गर्दै ईःले ललितपुरलाई आदर्श महानगर मानिए पनि जनप्रतिनिधिको व्यवहारबाट सो भ्रम तोडिएको प्रतिक्रिया दिएका हुन्।

‘हामीले आफ्नो शान्तिपूर्ण विरोध प्रर्दशन सुरु गर्दैगर्दा केही स्थानीय भन्नेहरूले अवरोध गरे। जनप्रतिनिधिले चाहेको भए यस्तो अवस्था नआउन सक्थ्यो,’ उनले भने, ‘हामीले आदर्श महानगरको रूपमा लिएका थियौँ, जुन भ्रम तोडिएको छ।’

फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोधमा ईःले मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्न लागेका थिए। तर, केही स्थानीयले उनीको टोलीलाई अवरोध गरेका थिए।

स्थानीयको अवरोधपछि प्रहरीको सुरक्षा घेराभित्र रहेर उनीहरूले शान्तिपूर्ण विरोध गरेका थिए। फुटपाथ व्यवसायलाई निषेध गर्नुभन्दा व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरू विरोधमा उत्रिएको उनको भनाइ छ।

‘फुटपाथ व्यवसाय निषेध नै गर्नुभन्दा व्यवस्थापनका अनेक उपाय अपनाउन सकिन्छ भनेर सन्देश दिन चाहेका थियौँ। त्यो सन्देश पुर्‍याउन सफल भने भएका छौँ,’ ईःले भने।