१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २० बिहीबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनकपुरमा तीन दिनसम्म मदिरा र माछामासु बिक्रीमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३७:oo

जनकपुरधाममा श्री सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछामासु बिक्री वितरणमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछामासुको बिक्री–वितरणमा रोक लगाएको हो।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री–वितरण, ओसार–पसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले बताए।

निर्देशकको पालना नगरे प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

ad
ad