१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाै.
२o८१ बैशाख २० बिहीबार o८:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एभिएम टेबलटेनिस लिग च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै.
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१४:oo

एभिएम टेबलटेनिस क्लब स्ट्याग ग्लोबल टेबलटेनिस लिग प्रतियोगितामा च्याम्पियन बनेको छ । शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको रोमाञ्चक फाइनलमा एभिएमले नेपाल प्रहरी क्लबलाई ८–६ ले पराजित गर्‍यो । पुलिसले विदेशी खेलाडी सहभागी गराएर नेपालमा पहिलोपटक आयोजना गरिएको टेबलटेनिस लिग खेलेको 

थियो । एभिएमका खेलाडीमा रुविन महर्जन, सुजन गदाल, सन्जिल शाक्य, अंकुर भट्टचार्जी (भारत), कौसनी नाथ (भारत), सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियंका राई थिए । प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत)का हुन् । 

पुरुष एकलमा एभिएमका अंकुरले प्रहरीका संयोगलाई ११–५, ११–७ र ११–६ ले पराजित गर्दै महŒवपूर्ण ३ अंक बटुले । महिलाको पहिलो एकलमा दुई भारतीय खेलाडीबीच भएको थियो । प्रहरीकी सागरिकाले एभिएमकी कौसनीलाई ११–९, ११–८ र १०–११ हराउँदै प्रहरीका लागि २ अंक जोडिन् । दोस्रो एकलको समाप्तिमा एभिएमले ४–२ को अग्रता बनाएको थियो । प्रत्येक सेट जितका लागि टोलीले १ अंक पाउँथे ।

मिक्स डबल्समा एभिएमका अंकुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११–८, ३–११ र ११–८ ले पाखा लगाए । मिक्स डबल्सको समाप्तिमा एभिएम ६–३ ले अघि रह्यो । समग्रमा तेस्रो र दोस्रो पुरुष एकलमा प्रहरीका जुविनले एभिएमका रुबिनलाई ११–९, ११–५ र ११–७ ले हराउँदै महŒवपूर्ण ३ अंक जोडे र खेललाई ६–६ को बराबरीमा पुर्‍याए । 

निर्णायक महिला एकलमा एभिएमकी इभाना थापा मगरले नौपटकको राष्ट्रिय च्याम्पियन प्रहरीकी नवितालाई ११–९ र ११–८ ले स्तब्ध पार्दै एभिएमलाई उपाधि दिलाइन् । यदि नविताले दोस्रो सेट जितेको भए खेल ७–७ को बराबरी स्थितिमा हुने थियो र खेल तेस्रो सेटतर्फ लम्कने थियो । इभानाले एभिएमका लागि ८ अंक जोडेपछि तेस्रो सेट खेलाउनुपरेन ।

विजेताले दुई लाख तथा उपविजेताले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । तेस्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५०–५० हजार नगद पुरस्कारमा चित्त बुझाए ।

प्रतियोगितामा फाइनलिस्टसँगै ४ टिमसहित नेपाल आर्मी, गोड स्पिन टेबलटेनिस एकेडेमी, नेपाल एपिएफ क्लब, ज्ञान भैरव डिल्लीबजार टेबलटेनिस क्लब र नगाउँ स्पोटसर्् क्लब गरी नौ टिम सहभागी थिए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघ तदर्थ समितिका संयोजक चतुरानन्दराज वैद्य र उपसंयोजक वृजेन्द्र हमाल, टेबलटेनिसका पूर्वमुख्य प्रशिक्षक आरआर जोशी, सहप्रायोजक सुमन खड्गीलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे ।

ad
ad