१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३९:oo

परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्। उनी दोहा २१औँ सम्मेलनमा सहभागी हुन शनिबार बिहान कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन्।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात् आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवालयले जनाएको छ। 

कतारमा उनले विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ। मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

उनले शुक्रबार मात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।

ad
ad