१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१२ वर्षसम्म पनि बनेन कमला नदीमा पक्की पुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२o:oo

सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १२ वर्ष पुगेको छ । तर, अहिलेसम्म पनि पुल अलपत्र छ । ०६८ जेठमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले भौतिक पूर्वाधार मन्त्रालयसँग करिब २५ करोड लागतमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो ।

०६८ मंसिरमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदयेश त्रिपाठीले पुलको शिलान्यास गरेका थिए । पप्पुले केही समय काम गरेर बीचमै छाडिदियो । तीन–चार वर्ष अलपत्र रहेको पुल जनदबाबपछि लुम्बिनी बिल्डर्सले सुरु गरेको थियो ।

३२ मिटर लम्बाइको पुल बनाउनुपर्नेमा उसले १८ मिटर छोट्याएर १४ मिटर कायम गरेको थियो । पुलको सुपर स्ट्रक्चरको काम गरिरहँदा १७ असार ०७८ मा पायर भासियो । त्यसको तीन महिनापछि ३ कात्तिकमा अर्को पनि पायर भासियो । त्यसयता पुल निर्माणमा सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

ad
ad