१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

घोडाघोडी  ४१ रनले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५५:oo

लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत बुधबार भएको खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुल धनगढीलाई ४१ रनले पराजित गर्‍यो । पहिलो ब्याटिङ गरेको घोडाघोडीले १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रनको योगफल बनायो । घोडाघोडीका नरेश सुनारले सर्वाधिक ३४ रन बनाए । लिटल फ्लावरका दिनेश अधिकारीले ३.५ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए ।

१२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ बनाउँदै सबै विकेट गुमायो । लिटल फ्लावरका लागि मनीष थापाले सर्वाधिक १७ रन बनाए । घोडाघोडीका अशोक धामीले पाँच विकेट लिँदै लिटल फ्लावरको इनिङ्स धराशयी बनाए । अर्को खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टर कैलालीलाई ३४ रनले पराजित ग¥यो । पहिलो ब्याटिङ गरेको कैलालीले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । कैलालीका ओपनर डबल ऐरले अर्धशतकीय पारी खेल्दै अविजित ५४ रन बनाए । 

ऐरले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लक्ष्य पछ्याएको खप्तडले १७.४ ओभरमा १०५ रन बनाउँदा सबै विकेट गुमायो । खप्तडका लागि प्रकाश पाण्डेले सर्वाधिक २६ र अभिषेक थापाले २० रन जोडे । कैलालीका बलर नरेन साउदले ४ विकेट लिए । उनले ३ ओभरमा १५ रन खर्चिए । त्यस्तै, दीपक टमाटाले दुई विकेट लिए । 

ad
ad