१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
२o८१ बैशाख १८ मंगलबार १७:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एनसेलकाे सेयर बिक्री प्रकरणमा सरकार दोषी छैन : प्रवक्ता सापकोटा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:o५:oo

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेलकाे सेयर बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्।  

रक्त सञ्चार क्लबले आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने बताएका हुन्। 

उनले भने, ‘एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ।’

उनले उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए।  

प्रवक्ता सापकोटाले भने, ‘जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिंगो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नुभयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ।’

भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताए।  

नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताए। उनले सत्तागठबन्धनमा कुनै समस्या नभएको र पाँच वर्ष नै यो गठबन्धन रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्य र निराशालाई टुट्न दिन नहुने बताए। 

सरकारले ललितानिवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरणजस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको बताए। 

पार्टीहरूमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन पुगेको भन्दै उनले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको चाहना पूरा गर्न सबै पार्टीले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको बताए। 
 

ad
ad