१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २० बुधबार १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय जनता दल राप्रपा नेपालमा समाहित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार १५:४४:oo

राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति भएको छ। आज आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित हुने सहमतिपत्रमा हस्ताक्षर भएको हो।

पाँचबुँदे सहमतिपत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन्। 

सहमतिपत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्रको स्थापनाको निम्ति आगामी दिनमा सशक्त रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ। 

मुलुकको सर्वांगीण आर्थिक विकास र समृद्धि साझा लक्ष्य हुने तथा सामाजिक न्याय, समानता, समावेशिता एवं मधेश, पहाड र हिमालको समानुपातिक विकास प्राथमिकता रहने जनाइएको छ।