Skip This
प्रधानमन्त्रीलाई कुलपति नबनाउन सांसदहरूको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २० बुधबार o८:o५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीलाई कुलपति नबनाउन सांसदहरूको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o८:o५:oo

राष्ट्रिय सभा सदस्यहरूले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउन नहुने माग गरेका छन् । सबै विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउँदा भूमिका प्रभावकारी हुन नसकेको भन्दै सांसदहरूले अनावश्यक जिम्मेवारी थोपर्नु उचित नभएको जिकिर गरेका हुन् । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदहरूले प्रधानमन्त्री कुलपति नहुने गरी सरकारले अवधारणा बनाउनुपर्नेमा जोड दिए । ‘सबै विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री नहुने गरी सरकारले एउटा अवधारणा बनाउनुपर्छ । यसले कुनमा रहने, कुनमा नरहने स्पष्ट पार्छ, प्रधानमन्त्रीको पनि लोड कम गर्छ,’ एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले भने । 

कांग्रेस प्रमुख सचेतक अनिता देवकोटाले विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति राख्ने अभ्यास परिवर्तन गर्न जरुरी रहेको बताइन् । ‘विश्वविद्यालय स्थापनापिच्छे प्रधानमन्त्रीलाई कुलपति राख्छौँ, अनावश्यक लोड भयो । कति मात्रै भ्याउने प्रधानमन्त्रीले ? त्यही भएर प्रधानमन्त्रीको लोड कम गरौँ, यसलाई व्यवस्थित गरौँ,’ उनले भनिन् । प्रधानमन्त्री कुलपति भयो भने ओज बढ्छ भन्ने मानसिकताबाट बाहिर निस्किनुपर्ने उनको भनाइ थियो । 

माओवादी सांसद राधेश्याम पासवानले कति ठाउँमा प्रधानमन्त्रीलाई कुलपति बनाउने हो अध्ययनबाट यकिन गरेर समितिलाई जानकारी गराउन शिक्षा मन्त्रालयसँग माग गरे । एकीकृत समाजवादीकी मदनकुमारी शाहले प्रधानमन्त्रीलाई धेरै नै भार भएकाले यसमा परिवर्तन गर्ने गरी सरकारले एउटा अवधारणा ल्याउनुपर्नेमा जोड दिइन् । समिति सदस्य सुरेश आलेमगरले भने सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विशिष्ट खालको भएकाले कुलपति प्रधानमन्त्री नै राख्नुपर्ने जिकिर गरेका थिए ।